प्याट्रिकको कीर्तिमानी गोल मद्दतमा चेक रिपब्लिकको सानदार जित
काठमाडौं। युरोकप फुटबलमा प्याट्रिक शिकको दुई गोल मद्दतमा चेक रिपब्लिकले सानदार जित हासिल गरेको छ। सोमबार भएको समूह ‘डी’ अन्र्तगतको खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २ – ० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
ह्याम्पडेन पार्कमा सम्पन्न खेलमा घरेलु टिम स्कटल्याण्ड चेक रिपब्लिकसँग निराश बन्यो।
चेक रिपब्लिकको जितमा प्याट्रिक शिक नायक बने। उनले उत्कृष्ट प्रर्दशन गर्दै युरोकपको डेब्यु खेलमा दुई गोल गरे।
प्याट्रिकले पहिलो हाफको ४२ औं मिनेटमा हेडरमार्फत गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए। खेलको ५२ औं मिनेटमा किर्तीमानी गोल गर्दै उनले चेक रिपब्लिकलाई २ – ० को जित दिलाए।
प्याट्रिकले विपक्षी किपर पेनाल्टी बक्स बाहिर आएको अवस्थामा ४९ दशमलव ७ यार्ड टाढाबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो।
यो युरोकपको इतिहासमा सबैभन्दा लङ रेन्जबाट गरिएको गोल हो।
स्कटल्याण्डले पनि गोलको केहि अवसर बनाएको थियो। तर, स्कटल्याण्डले मौकालाई सदुपयोग गर्न सकेनन्।
यो जितसँगै चेक रिपब्लिक समूह ‘डी’ को पहिलो नम्बरमा उक्लिएको छ। हार बेहोरेको स्कटल्याण्ड तालिकाको पुछारमा छ। ३ अंकका साथ इंग्ल्याण्ड तालिकाको दोस्रो स्थानमा छ, भने अंकबिहीन क्रोयशिया तेस्रो नम्बरमा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment