युरोकपमा स्लोभाकियाको महत्वपूर्ण जित, १० खेलाडीमा सिमित पोल्याण्ड २ – १ ले पराजित

डिसी नेपाल
३१ जेठ २०७८ २३:५१
136
Shares

काठमाडौं। युइएफए युरोकप २०२० फुटबलमा स्लोभाकियाले पोल्याण्डलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा सोमबार राति सम्पन्न खेलमा स्लोभाकियाले पोल्याण्डलाई २ – १ गोल अन्तरले पराजित गर्यो।

प्रतिस्प्रधात्मक खेलमा पहिले अग्रता स्लोभाकियाले बनाएको थियो। खेलको १८ औं मिनेटमा पोल्याण्डका गोलकिपर वजचिएक सेचेज्नीको आत्मघाती गोलबाट स्लोभाकियाले अग्रता बनाएको थियो।

Image

कारोल लिन्टेले दोस्रो हाफको सुरुवातमै गोल गर्दै पोल्याण्डलाई १ १ को बराबरीमा ल्याएका थिए।

Image

तर, खेलको ६९ औं मिनेटमा मिलान स्क्रिनरले गोल गर्दै स्लोभाकियालाई २ – १ को जित दिलाए।

Image

खेलको ६२ औं मिनेटमा ग्रेजग्रोज क्रिस्चिकले रातो कार्ड पाएपछि पोल्याण्ड १० खेलाडीमा सिमित भएको थियो। उनले दोहोरो पहेँलो कार्ड पाएका हुन्।

यो युरोकप २०२० को पहिलो रातो कार्ड हो।

यो जितसँगै समूह ‘इ’ मा रहेको स्लोभाकियाले महत्वपूर्ण ३ अंक जोडेको छ। लेवान्डोस्किको पोल्याण्डले हारका साथ प्रतियोगिता सुरुवात गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *