युरोकप फुटबलः स्पेन र स्विडेनको गोलरहित बराबरी
काठमाडौं। युइएफए युरोकप २०२० फुटबलको समूहचरणको पहिलो खेलमा स्पेन र स्विडेनले बराबरी खेल्दै अंक बाँडेका छन।
सेभियामा सोमबार राति भएको खेलमा घरेलु टिम युरोपको सर्वाधिक सफल टिम स्पेनले बलियो प्रतिद्वन्दी स्विडेनसँग गोलरहित बराबरी खेल्दै अंक बाडेको हो।
स्पेनले बल पोजिसनमा दबदबा कायम राख्दै सुरुदेखि नै स्विडेनलाई दबाबमा राखे पनि गोल भने गर्न सकेन। स्पेनले पुरै खेलमा ८६ प्रतिशत बल पोजिसन राखेको थियो भने स्विेडनको मात्रै १४ प्रतिशत बल पोजिसन थियो।
दुवै टोलिले गोल गर्ने केही सुनौलो अवसर पाए पनि गोलमा परिणत भने गर्न सकेनन।
पहिलो हाफको ३७ औं मिनेटमा स्पेनका लागि मराटाले गोल गर्ने सुनौलो अवसर पाएका थिए। तर, उनले अवसरलाई गोलमा बदल्न सकेनन। गोलकिपर बाहिर आएको अवस्थामा वान टु वानमा उनले प्रहार गरेको बल गोलपोस्ट नजिकैबाट बाहिरीएको थियो।

खेलको ४० औैं मिनेटमा स्विडनका एलेक्जेन्डर इस्कले गोलकिपरलाई छलाइसकेको अवस्थामा डिफेन्डरसँग डिफेलेक्ट हुँदै बल बारिहरीएको थियो।

यस्तै दोस्रो हाफको ६१ औं मिनेटमा इस्कले पेनाल्टी बक्सभित्र तीन जना डिफेन्डरलाई छलाउँदै मार्कस बर्गलाई पास दिएका थिए। बर्ग उक्त बललाई गोलको दिशा दिन चुके।
स्पेनले यो खेलमा ९१७ पास गर्यो। जुन युरोकप इतिहासमा एउटा टिमले गरेको सबैभन्दा धेरै पास हो। यसभन्दा पहिले बेल्जियमको ६२८ पास थियो।
यो बराबरी समान नतिजासँगै समूह ‘इ’ मा रहेका दुबै टिमले एक एक अंक बाडेका छन। तालिकामा स्पेन दोस्रो नम्बरमा छ भने स्विडेन तेस्रो नम्बरमा छ। स्लोभाकिया ३ अंक जोडेर शिर्ष स्थानमा छ। पोल्याण्ड अंकबिहीन हुँदै पुछारमा रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment