मेस्सीको गोल जोगाउन नसक्दा बराबरीमा रोकियो अर्जेन्टिना

डिसी नेपाल
१ असार २०७८ ४:५४

काठमाडौं। ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा उपाधि दाबेदार अर्जेन्टिना र चिलीले बराबरी खेल्दै अकं बाँडेका छन।

ब्राजिलको ओलम्पिक निल्टन सान्तोस स्टेडियममा सोमबार राति भएको खेलमा अर्जेन्टिना र चिलीले १ – १ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन।

प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकियो।

Image

खेलको पहिलो हाफमा अर्जेन्टिनाले १–० को अग्रता बनाएको थियो। अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले ३३ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। उनले टप अफ द राइट कर्नरमा फ्रिकिक मार्फत उत्कृष्ट गोल गरेका हुन।

Lionel Messi (Argentina) scores a goal from the resulting free kick, sending it into the top right corner. What a strike that is, absolutely fantastic!

यस्तै दोस्रो हाफको ५७ औं मिनेटमा चिलीका एड्रो भरगासले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए।

अर्जेन्टिनका डिफेन्डरले डिबक्सभित्र अर्टुरो भिडाललाई लडाए पछि चिलीले पेनाल्टी पाएको थियो। भिडालको पेनाल्टी प्रहार किपरले बचाए पनि रिबाउन्ड भएको बलमा एड्रो भरगासले गोल गर्दै चिलीलाई बराबरीमा ल्याएका हुन।

Eduardo Vargas (Chile) gets to a rebound inside the six-yard box and produces a header. He manages to put the ball into the bottom right corner, and thus alter the score to 1:1.

दुवै टोलीले गोल गर्ने अन्य अवसर पाए पनि गोल भने हुन सकेन। जसकारण उपाधि दावेदार दुवै टोलिले एक एक अंक बाड्दै प्रतियोगिताको सुरुवात गरेका हुन।

यो सँगै समूह ‘ए’ मा अर्जेन्टिना र चिली १ १ अंकका साथ क्रमस पहिलो र दोस्रो स्थानमा छन। अन्य टिमहरुले भने समूहको खेल खेल्न बाँकी छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *