विश्व टेस्ट च्याम्पियनसिपको विजेताले १.६ मिलियन डलर पाउने

डिसी नेपाल
१ असार २०७८ १८:०६

काठमाडौं । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको विजेताले १.६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने भएका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टेस्ट च्याम्पियनसिपको विजेताले पाउने पुरस्कारको घोषणा गरेको हो ।

यस्तै उपविजेता टोलीले ८००,००० अमेरिकी डलर पाउने भएका छन् । आईसीसीले दुई टिमले पाउने पुरस्कार राशि २.४ मिलियन अमेरिकी डलर रहेको जनाएको छ ।

टेस्ट च्याम्पियनसिपको फाइनलमा भारत र न्युजिल्याण्ड भिड्ने छन् । साउथह्याम्पटनमा हुने फाइनल जुन १८ देखि २२ सम्म हुने तालिका रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *