मृत्युको मुखबाट फर्किएका एरिक्सनको अस्पतालबाट मुस्कानसहित ‘थम्बस अप’

डिसी नेपाल
१ असार २०७८ १८:०५

काठमाडौं। डेनमार्कका राष्ट्रिय खेलाडी तथा इटलियन क्लव इन्टर मिलानका एट्याकिङ मिडफिल्डर क्रिस्टियन एरिक्सनले अस्पतालबाटै मुस्कानसहित ‘थम्बस अप’ सहितको फोटोमार्फत आफ्ना फ्यानहरुलाई आफू ठिक भएको सन्देश दिएका छन् । फिनल्याण्डविरुद्धको खेलमा मैदानमै ढलेका उनी उपचारपछि ठिक हुँदै गएका छन् । कार्डियाक एरेस्टका कारण ढलेर अस्पताल लगिएका एरिक्सनको त्यसपछिको यो पहिलो सार्वजनिक भएको तस्वीर हो ।

 

View this post on Instagram

 

A post shared by Christian Eriksen (@chriseriksen8)

शनिबार युरो २०२० अन्तर्गत फिनल्याण्ड र डेनमार्कबीच भइरहेको खेलमा एरिक्सन अचानक मैदानमै ढलेका थिए । चिकित्सकहरुले उनको मृत्यु भइसकेको बताएका थिए । उपचारमा संलग्न डाक्टर मोर्टेन बोसनले भर्चुअल भिडियो कन्फ्रेन्सिङमा मृत्यु भइसकेका एरिक्सन सीपीआर र डिफाइब्रिलेटरको शकका माध्यमले पुनर्जीवित भएको बताएका थिए । अहिले भने एरिक्सनको अवस्था ठिक भएको र उनको स्वास्थ्यमा सुधार हुँदै गएको चिकित्सकले बताएका छन् ।

एरिक्सनले इन्स्टाग्राममा मुस्कान र थम्बस अपसहितको फोटो पोस्ट गर्दै भनेका छन् ‘तपाइँहरुको मिठो र अद्भूत शुभेच्छाको लागि धेरै धन्यवाद । यसले मेरो र मेरो परिवारको लागि ठूलो अर्थ राख्छ । निश्च्ति परिस्थितिमा म ठिक छु । मेरो अझै केही परीक्षण हुनुपर्ने छ । तर मैले ठिक महसुस गरिरहेको छु । अब मैले आगामी खेलहरुमा डेनमार्क टिमका साथीहरुको उत्साह बढाउनेछु र डेनमार्कको लागि खेल्नेछु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *