सबैभन्दा धेरै संस्करण युरोकप खेल्ने कीर्तिमान बनाएका रोनाल्डो अर्को कीर्तिमान नजिक

डिसी नेपाल
१ असार २०७८ २२:१७

काठमाडौं। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले सबैभन्दा धेरै संस्करण युरोकप खेल्ने खेलाडीको कीर्तिमान कायम गरेका छन। युरोकप फुटबलको १६ औं संस्करणमा हंगेरीविरुद्ध मैदानमा उत्रियसँगै उनले पाँच फरक संस्करणको युरोपियन च्याम्पियनसिप खेल्ने पहिलो खेलाडीको कीर्तिमान आफ्नो नाममा गरेका हुन।

३६ वर्षीय रोनाल्डो यस अघि चार संस्करणको युरोकपमा कुल ९ गोल गरेका छन।

 Unbelievable! Cristiano Ronaldo (Portugal) wastes a huge scoring opportunity! He finds himself unmarked right in front of goal and fires in a first-time shot. Peter Gulacsi pulls off one of the best saves of his career and stops the effort from hitting the net. Cristiano Ronaldo (Portugal) is caught offside, but it was a really close call.

रोनाल्डोले पहिलो पटक सन् २००४ को युरोकप खेलेका रोनाल्डोले २००८, २०१२ र २०१६ को संस्करण खेलेका छन्। २०१६ मा रोनाल्डोको कप्तानीमा पोर्चुगलले उपाधि समेत जितेको थियो।

डेब्यु संस्करणमा २ गोल गरेका रोनाल्डोले त्यसपछिको संस्करणमा क्रमश १, ३ र ३ गोल गरेका छन्।

युरोकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीमा उनको नाम दोस्रो नम्बरमा छ। पहिलो नम्बरमा फ्रान्सका मिकेल फ्रान्सिस्को पलाटानी ९ गोलकासाथ शिर्ष स्थानमा छन। ९ गोल नै गरेका रोनाल्डो दोस्रो स्थानमा छन।

रोनाल्डोले आज गोल गरेको खण्डमा युरोकमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको इतिहास कायम गर्ने छन। उनले १०४ अन्तर्राष्ट्रिय गोल गरेका छन। रोनाल्डो ५ पटक बालन्डियो अवार्ड जित्न सफल खेलाडी हुन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *