रोनाल्डोले गरे एकै दिनमा डबल कीर्तिमान

डिसी नेपाल
२ असार २०७८ ०:११

काठमाडौं। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले एकै दिनमा डबल कीर्तिमान कायम गरेका छन। रोनाल्डोले सबैभन्दा धेरै संस्करण युरोकप खेल्ने र युरोकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा गरेका हुन।

युरोकप फुटबलको १६ औं संस्करणमा मंगलबार हंगेरीविरुद्ध मैदानमा उत्रियसँगै उनले पाँच फरक संस्करणको युरोपियन च्याम्पियनसिप खेल्ने पहिलो खेलाडीको कीर्तिमान आफ्नो नाममा गरे।

३६ वर्षीया रोनाल्डोले युरोकपमा ११ गोलको संख्या पुर्याएका छन्। उनले यस अघिका चार संस्करणको युरोकपमा कूल ९ गोल गरेका थिए। हंगरीविरुद्धको खेलमा २ गोल गर्दै उनले युरोकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान कायम गरे।

Cristiano Ronaldo (Portugal) weaves his way past several defenders and finds himself in a one-on-one with the keeper. His dummy throws the keeper off balance and he simply puts the ball into the back of net.

रोनाल्डोले फ्रान्सका लिजेण्ड फुटबलर मिकेल फ्रान्सिस्को पलाटानीको नाममा रहेको उक्त कीर्तिमान आफ्नो नाममा गरे। पलाटानी ९ गोलकासाथ शिर्ष स्थानमा थिए। आजको खेलमा २ गोल गरेसँगै रोनाल्डोले यो कीर्तिमान आफ्नो नाममा गरेका हुन।

पहिलो पटक सन् २००४ मा युरोकप खेलेका रोनाल्डोले २००८, २०१२, २०१६ र २०२० को युरोकप संस्करण खेलेका छन्। २०१६ मा रोनाल्डोको कप्तानीमा पोर्चुगलले उपाधि समेत जितेको थियो।

Image

डेब्यु संस्करणमा २ गोल गरेका रोनाल्डोले त्यसपछिको संस्करणमा क्रमश १, ३ र ३ गोल गरेका छन्। यो संस्करणको सुरुवाती खेलमा नै रोनाल्डोले २ गोल गरीसकेका छन।

उनले १०४ अन्तर्राष्ट्रिय गोल गरेका छन। रोनाल्डो ५ पटक बालन्डियो अवार्ड जित्न सफल खेलाडी हुन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *