विश्व बिजेता फ्रान्स र जर्मनीबीचको खेल सुरु
काठमाडौं। युईएफए युरोकप २०२० फुटबलमा २ विश्व बिजेता टिम जर्मनी र फ्रान्सबीचको खेल सुरु भएको छ।
१६ औं संस्करणको युरोकपमा पहिलो समूह चरणको अन्तिम खेलमा दुई ठुला टिम फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडियम जर्मनीमा सुरु भएको छ।
विश्व बिजेता फ्रान्स युरोकपको सबैभन्दा धरै ३ पटक युरोकप जितेको जर्मनीसँग प्रतिस्पर्धा गर्दै छ।

गुरुप अफ डेथ मानिएको समूह ‘एफ’ मा रहेका दुबै टिम पहिलो खेलमा जित निकाल्ने योजनामा हुनेछन्।
गत संस्करणको युरोकपमा सेमिफाइनलमा यी दुई टीम भिड्दा फ्रान्सले २ ० ले जर्मनीलाई पराजित गरेको थियो।
फ्रान्स र जर्मनीबीच मुख्य प्रतियोगितामा ६ पटक प्रतिस्पर्धा भएको छ। जसमा दुबै टोलीले २÷२ खेल जितेका छन् । दुई खेल भने बराबरीमा सकिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment