जर्मनीविरुद्धको पहिलो हाफमा फ्रान्सको अग्रता

डिसी नेपाल
२ असार २०७८ १:३९

काठमाडौं। युईएफए युरोकप २०२० फुटबलमा फ्रान्सले जर्मनीविरुद्धको खेलको पहिलो हाफमा १ – ० को अग्रता बनाएको छ। म्युनिखस्थित एलिनाज स्टेडियम जारी खेलको २० औं मिनेटमा आत्मघाती गोलको सहायताले फ्रान्सले अग्रता बनाएको हो।

फ्रान्सका डिफेन्डर लुकास हेर्नान्डेजले प्रहार गरेको बल जर्मनीका सेन्ट्रल डिफेन्डर म्याट्स हमल्सले क्लियर गर्न खोज्दा आत्मघाती गोलमा परिणत भएको थियो। सोही गोलमार्फत विश्व बिजेता फ्रान्सले पहिलो हाफमा १ – ० को अग्रता बनाएको हो।

२ विश्व बिजेता टिम जर्मनी र फ्रान्सबीचको पहिलो हाफको खेलमा फ्रान्स हाबी देखिएको छ।

गुरुप अफ डेथ मानिएको समूह ‘एफ’ मा रहेका दुबै टिम पहिलो खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्न चाहान्छन।

 

Image

गत संस्करणको युरोकपमा सेमिफाइनलमा यी दुई टीम भिड्दा फ्रान्सले २ ० ले जर्मनीलाई पराजित गरेको थियो।

फ्रान्स र जर्मनीबीच मुख्य प्रतियोगितामा ६ पटक प्रतिस्पर्धा भएको छ। जसमा दुबै टोलीले २÷२ खेल जितेका छन्। दुई खेल भने बराबरीमा सकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *