जर्मनीका खेलाडीको गोलमा फ्रान्सको जित
काठमाडौं। युईएफए युरोकप २०२० फुटबलमा फ्रान्सले महत्वपूर्ण जित हासिल गरेको छ। म्युनिखस्थित एलिनाज स्टेडियममा मंगलबार राति सम्पन्न खेलमा फ्रान्सले जर्मनीलाई १ – ० गोल अन्तरले पराजित गरेको हो।
आत्मघाती गोलको सहायताले फ्रान्सले जर्मनीविरुद्ध महत्वपूर्ण जित हासिल गरेको हो।
खेलको २० औं मिनेटमा फ्रान्सका डिफेन्डर लुकास हेर्नान्डेजले प्रहार गरेको बल जर्मनीका सेन्ट्रल डिफेन्डर म्याट्स हमल्सले क्लियर गर्न खोज्दा आत्मघाती गोलमा परिणत भएको थियो। सोही गोलमार्फत विश्व बिजेता फ्रान्सले पहिलो हाफमा १ – ० को अग्रता बनाएको हो।
दुवै टिमले गोल गर्ने केही अवसर सिर्जना गरे पनि गोल भने गर्न सकेनन।
३८ औं मिनेटमा जर्मनीका गुन्डोगनले गोल गर्ने सुनौलो अवसर पाएका थिए। उनले प्रहार गरेको बलले पोष्टको दिशा लिन नसक्दा उनी गोल गर्नबाट चुके।
यस्तै ५२ औं मिनेटमा फ्रान्सका एड्रियन रोबियोले प्रहार गरेको बल गोलपोस्टको बायाँ पोस्टमा लागेर बाहिरीएको थियो।
५४ औं मिनेटमा सर्ज ग्यानाबरीले गोल गर्ने सुनौलो अवसर पाएका थिए। उनले प्रहार गरेको बल गोलपस्टको थोरै माथिबाट बाहिरीयो।

६७ औं मिनेटमा केलिएन एम्बाप्पेले २ जना डिफेन्डरलाई छकायर गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको थियो। तर, अफसाइड भेटिएपछि उक्त गोलले मान्यता पाएन।
खेलको अन्तिम समय ८५ औं मिनेटमा एम्बाप्पेको क्रस पासमा करिम बेन्जिमाले गोल गरेका थिए। उक्त गोल पनि अफसाइडका कारण डिसअलाउ भएको थियो।
गुरुप अफ डेथ मानिएको समूह ‘एफ’ मा महत्वपूर्ण जित निकाल्दै फ्रान्सले ३ अंक जोडर समूहको दोस्रो नम्बरमा छ। हार बेहोरेको अंकबिहीन जर्मनी तेस्रो नम्बरमा छ।
पोर्चुगल ३ अंकसहित यो समूहको शिर्ष स्थानमा छ। यस्तै हंगेरी समूहको पुछारमा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment