रोनाल्डोको एक शब्दले एक झट्कामा कोकाकोलाको ४ अर्ब डलर डुब्यो

डिसी नेपाल
२ असार २०७८ १३:१८

काठमाडौं। पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोको एक शब्दले कोकाकोलालाई अरबौं डलर घाटा लागेको छ । युरो कप फुटबलमा आफ्नो खेलअघि भएको पत्रकार सम्मेलनमा रोनाल्डोले आफ्नो अगाडि राखिएका कोकाकोलाका बोतल हटाएको घटनाले कोकाकोलाई यति ठूलो झट्का लागेको हो । द गार्डियनका अनुसार रोनाल्डोका कारण कोकाकोलालाई करिब ४ बिलियन डलर घाटा लागेको छ ।

पोर्चुगलका कप्तान रोनाल्डो स्वास्थ्यप्रति अत्यन्तै सचेत व्यक्तिका रुपमा चिनिन्छन् । र, उनले उक्त पत्रकार सम्मेलनमा कार्बोनेटेड सफ्ट ड्रिंकको बारेमा आफ्नो धारणा प्रस्ट पारेका छन् । हंगेरीको राजधानी बुडापेस्टमा सोमबार आफ्नो र हंगेरीबीच ग्रुप एफको खेलभन्दा अगाडि आयोजित पत्रकार सम्मेलनमा रोनाल्डोले आफ्नो अगाडि भएका कोकाकोलाका बोतल हटाएका थिए । बोतल हटाएपछि रोनाल्डोले आफ्नो हातमा रहेको पानीको बोतल उठाएर पोर्चुगिजमा ‘अगुआ !’ भनेर मानिसहरुलाई पानी पिउन प्रोत्साहित गरेका थिए । पोर्चुगिज भाषामा अगुआको अर्थ पानी हो ।

रोनाल्डोले यति गर्नेबित्तिकै कोकाकोलाको शेयर मूल्यमा १.६ प्रतिशतले गिरावट आएर प्रतिकित्ता ५६.१० डलरबाट घटेर ५५.२२ डलरमा झरेको छ । यसले कोकाकोलाको बजार मूल्य २४२ बिलियन डलरबाट घटेर २३८ बिलियनमा झरेको छ । कोकाकोला युरो २०२० को प्रायोजक हो । उसले मंगलबार एक वक्तव्य जारी गर्दै ‘हरेक व्यक्ति आफ्नो स्वाद र आवश्यकता अनुसार आफ्नो पेय पदार्थको प्राथमिकता छान्न स्वतन्त्र भएको’ भनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *