रोनाल्डोले कोक हटाए, पोग्बाले कोक छोडेर अर्कै बोतल हटाए, हटाउनुको कारण पनि फरक

डिसी नेपाल
२ असार २०७८ १७:४१

काठमाडौं। युरो कप फुटबलमा आफ्नो खेलअघिको पत्रकार सम्मेलनमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आफ्नो अगाडि टेबलमा रहेको कोकको बोतल हटाएपछि यसले ठूलो चर्चा पायो । रोनाल्डोले यसरी कोकको बोतल हटाएर मानिसहरुलाई पानी पिउन प्रोत्साहित गरेपछि यसले कोकाकोला कम्पनीको शेयर मूल्यमा पनि भारी गिरावट आयो र कोकाकोलालाई ४ अर्ब डलर घाटा लाग्यो ।

लगत्तै फ्रान्सका स्टार खेलाडी पल पोग्बाले पनि रोनाल्डोले जस्तै कार्य गरेका छन् । आफ्नो खेलअघि पत्रकार सम्मेलनका लागि आएका पोग्बाले आफ्नो अगाडि रहेको बोतल हटाए । पोग्बाले अगाडि रहेको कोकाकोलाको बेतल त रहन दिए तर हाइनेकेन बियरको बोतल भने हटाए । पोग्बाले यसरी बोतल हटाउनुको कारण रोनाल्डोले हटाउनुको भन्दा फरक थियो ।

क्रिस्टियानो रोनाल्डोले अगाडि राखिएको कार्बोनेटेड सफट ड्रिंकको बोतल हटाएर पानी पिउन भनेर स्वस्थ जीजनशैलीको सन्देश दिएका थिए । पोग्बाले भने आफ्नो धार्मिक विश्वासको सम्मान गरेका थिए । पोग्बाले मुस्लिम धर्म मान्छन् र इस्लाममा बियर प्रतिबन्धित छ । अब पोग्बाले यसो गर्दा यसले हाइनेकेनलाई के असर गर्छ भन्ने हेर्न बाँकी नै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *