फिनल्याण्डविरुद्ध रुसलाई अग्रता
काठमाडौं। युईएफए युरोकप २०२० फुटबलमा फिनल्याण्डविरुद्ध रुसले अग्रता बनाएको छ।
सेन्ट पिटर्सवर्ग स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा घरेलु टोलि रुसले फिनल्याण्डविरुद्ध १–० गोलको अग्रता बनाएको हो।

पहिलो हाफको इन्जुरी समयमा एलेक्से मिरानचुकले गोल गर्दै रुसलाई सुरुवाती अग्रता दिलाएका हुन्।
खेलको चौंथो मिनेटमा फिनल्याण्डका जोएल पोहजनपालोले गोल गरेका थिए। तर, भीएआरमा जोएल अफसाइड देखिएपछि उनको गोलले डिसअलाउ भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment