संघर्षपूण जित निकाल्दै दोस्रो स्थानमा उक्लियो रुस
काठमाडौं। युइएफए युरोकप २०२० फुटबलमा रुसले संघर्षपूर्ण जित निकालेको छ। सेन्ट पिटर्सवर्ग स्टेडियममा बुधबार सम्पन्न खेलमा घरेलु टोलि रुसले फिनल्याण्डलाई १–० गोल अन्तरले पराजित गरेको हो।
रुसको जितमा एलेक्से मिरानचुकले एकमात्रै निर्णायक गोल गरे। मिरानचुकले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै रुसलाई जित दिलाएका हुन।
प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले गोल गर्ने केही सुनौलो अवसर बनाए पनि थप गोल भने गर्न सकेनन।
खेलको चौंथो मिनेटमा फिनल्याण्डका जोएल पोहजनपलोले गोल गरेका थिए। तर, भीएआरमा जोएल अफसाइड देखिएपछि उक्त गोल डिसअलाउ गरिएको थियो।
५२ औं मिनेटमा एलेक्जेन्डर गोलोबिनले गोलको सुनौलो अवसर पाएका थिए। उनले प्रहार गरेको बल टार्गेटमा रहन सकेन।
खेलको ५४ औं मिनेटमा टिमो पुकीले गरेको प्रहार रुसका डिफेन्डरले रोकेका थिए। यस्तै ६६ औं मिनेटमा रुसका रिफत जेमालेटेडिनोभले प्रहार गरेको बल किपर चुकिसकेको अवस्थामा गोलपोस्टको नजिकैबाट बाहिरीएको थियो।
खेलको ७२ औं मिनेटमा डोलेर जुयभले प्रहार गरेको बल फिनल्याण्डका गोलकिपरले उत्कृष्ट बचाव गरेका थिए।
समूह ’बी’ को पहिलो खेलमा बेल्जियमसँग ३–० गोल अन्तरले पराजित रुसले महत्वपूर्ण तीन अंक जोडेको छ। यो जितसँगै रुस समूहको दोस्रो स्थानमा उक्लियको छ।
यस्तै पहिलो खेलमा डेनमार्कलाई १–० ले हराएको फिनल्याण्ड तीन अंकसहित समूहको तेस्रो स्थानमा छ।
यो समूहमा बेल्जियम ३ अंककासाथ शिर्ष स्थानमा छ भने अंकबिहीन डेनमार्क समूहको पुछारमा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment