एएफसीको निर्णयले नेपालको भाग्य खुल्यो, नेपाल सिधै तेस्रो चरणमा

डिसी नेपाल
२ असार २०७८ २१:१०
828
Shares

काठमाडौं। नेपालले एसियाकप छनोट फुटबलको तेस्रो चरण सीधै खेल्ने पाउने भएको छ। एसियाली फुटबल महासंघ (एएफसी) ले छनोट प्रक्रियामा परिवर्तन गरेपछि नेपाली फुटबलको भाग्य खुलेको हो।

नेपालले अब त्यस अगाडिको प्लेअफ खेल्न पर्ने छैन। नेपाल सिधै चीनमा आयोजना हुने एसियन कप –२०२३ कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ।

विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल चौंथो स्थानमा रहेको थियो।

नेपाल जस्तै भाग्यमानी सावित अन्य टिममा हङकङ, माल्दिभ्स र श्रीलंका पनि रहेका छन्। त्यस्तै छनोटको पाँचौँ स्थानमा रहेका शीर्ष तीन टिमले पनि सिधै एसियन कप छनोटको तेस्रो चरण खेल्ने छन्। त्यसअनुसार म्यानमार, यमन र बंगलादेशले पनि सीधै तेस्रो चरण खेल्ने भएका हुन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *