प्रिमियर लिगको खेल तालिका सार्वजनिक, आगामी सिजन अगस्ट १४ बाट सुरु हुने
काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलको आगामी सिजनको खेल तालिका सार्वजनिक भएको छ। प्रिमियर लिगले बुधबार सन् २०२१÷२२ को सिजनको खेल तालिका सार्वजनिक गरेको हो।
तालिका अनुसार आगामी लिगका खेलहरु अगस्ट १४ बाट सुरु हुनेछन। कूल २० टिमले लिगमा प्रतिस्पर्धा गर्छन।

म्यानचेस्टर सिटिले गत सिजनको प्रिमियर लिग उपाधि जितेको थियो। सिजन सन् २०२०÷२१ मा शिर्ष ६ टिमहरु क्रमश ः म्यान्चेष्टर सिटि, म्यान्चेष्टर युनाइटेड, लिभरपुल, चेल्सी लेसेस्सटर सिटि, वेष्ट ह्याम युनाइटेड छन।
त्यसमध्यका शिर्ष ४ टिमले च्याम्पियन्स लिग खेल्ने छन। त्यस्तै पाँचो र छैटौँ स्थानमा रहेका लेस्सटर सिटि र वेष्ट ह्याम युनाइटेडले युरोपा लिग खेल्ने पाउने छन।
सन् २०२०÷२१ मा तीन वटा क्लब रेलिगेसन अर्थात प्रिमियर लिगबाट घटुवा भएका छन। गत सिजन प्रिमियर लिग खेलेका फुलहाम, वेष्ट ब्रुम र सेफिल्ड युनाइटेड रेलिगेसनमा परेका हुन।
यस्तै आगामी सिजनका लागि बढुवा भएर तीन नयाँ टिम प्रिमियर लिगमा खेल्ने छन। यस नयाँ सिजनका नव प्रवेशी क्लबहरुमा वेलभर ह्याम्टेन, ब्रेन्फड र नब्रिच सिटि रहेका छन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment