प्रिमियर लिगको खेल तालिका सार्वजनिक, आगामी सिजन अगस्ट १४ बाट सुरु हुने

डिसी नेपाल
२ असार २०७८ २२:०७

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलको आगामी सिजनको खेल तालिका सार्वजनिक भएको छ। प्रिमियर लिगले बुधबार सन् २०२१÷२२ को सिजनको खेल तालिका सार्वजनिक गरेको हो।

तालिका अनुसार आगामी लिगका खेलहरु अगस्ट १४ बाट सुरु हुनेछन। कूल २० टिमले लिगमा प्रतिस्पर्धा गर्छन।

MW1_FixtureRelease_editorial

म्यानचेस्टर सिटिले गत सिजनको प्रिमियर लिग उपाधि जितेको थियो। सिजन सन् २०२०÷२१ मा शिर्ष ६ टिमहरु क्रमश ः म्यान्चेष्टर सिटि, म्यान्चेष्टर युनाइटेड, लिभरपुल, चेल्सी लेसेस्सटर सिटि, वेष्ट ह्याम युनाइटेड छन।

त्यसमध्यका शिर्ष ४ टिमले च्याम्पियन्स लिग खेल्ने छन। त्यस्तै पाँचो र छैटौँ स्थानमा रहेका लेस्सटर सिटि र वेष्ट ह्याम युनाइटेडले युरोपा लिग खेल्ने पाउने छन।

सन् २०२०÷२१ मा तीन वटा क्लब रेलिगेसन अर्थात प्रिमियर लिगबाट घटुवा भएका छन। गत सिजन प्रिमियर लिग खेलेका फुलहाम, वेष्ट ब्रुम र सेफिल्ड युनाइटेड रेलिगेसनमा परेका हुन।

यस्तै आगामी सिजनका लागि बढुवा भएर तीन नयाँ टिम प्रिमियर लिगमा खेल्ने छन। यस नयाँ सिजनका नव प्रवेशी क्लबहरुमा वेलभर ह्याम्टेन, ब्रेन्फड र नब्रिच सिटि रहेका छन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *