टर्कीविरुद्धको खेलमा ग्यारेथ बेलको वेल्सलाई अग्रता
काठमाडौं। युइएफए युरोकप २०२० फुटबलमा अहिले वेल्स र टर्कीबीचको खेल जारी छ। खेलको पहिलो हाफ सकिँदा वेल्सले १ – ० को अग्रता लिएको छ। बाकु ओलम्पिक स्टेडियममा भइरेहेको खेलमा वेल्सले आरोन रामजीको गोलमार्फत अग्रता लिएको हो। उनले पहिलो हाफको अन्तिम समय खेलको ४३ औं मिनेटमा ग्यारेथ बेलले दिएको पासलाई गोलमा परिणत गरे।
वेल्सले खेलको सुरुवात देखिनै केही सुनौलो अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन। गोल गर्नु भन्दा पहिले आरोन रामजी नै दुई पटक गोल गर्न चुकेका थिए।
७ औं मिनेटमा आरोन रामजीले वान टु वान प्रहार गरेको बल किपरले उत्कृष्ट सेभ गरेका थिए। यस्तै २४ औं मिनेटमा पनि उनले गोल गर्ने सुनौलो अवसर पाएका थिए। उनले प्रहार गरेको बल गोलपोस्ट माथिबाट बाहिरीएको थियो।
दुवै टिम पहिलो जितको खोजिमा छन। पहिलो खेलमा वेल्सले स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो।
यस्तै टर्कीले पहिलो खेल इटालीसँग ३–० ले गुमाएको थियो। दुवै टोलि पहिलो जित निकाल्दै टप १६ को यात्रा सहज बनाउन चाहान्छन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment