मुख्यमन्त्रीद्वारा अक्सिजन प्लान्टको उद्घाटन

डिसी नेपाल
२ असार २०७८ २३:२७

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले आज जनकपुरधाममा अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् । एसआरजे समूहद्वारा ७ करोड़को लागतमा जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. २३ मा स्थापना गरिएको सो ग्यास उद्योगबाट दैनिक ४ सय ५० वटा सिलिण्डर अक्सिजन उत्पादन हुने जनाइएको छ ।

सो अवसरमा मुख्यमन्त्री राउतले अक्सिजन उद्योगको स्थापनाले यस क्षेत्रमा अक्सिजनको अभाव नहुने विश्वास व्यक्त गरे । उनले उद्योग स्थापना गर्ने सञ्चालकहरूलाई धन्यवाद दिदैं कोरोना महामारीसँग जुध्नमा अक्सिजन महत्वपूर्ण रहेको धारणा पनि राखे ।

एस आर जे समूहका अध्यक्ष शिवनन्दन साहको सभापतित्वमा भएको सो समारोहमा सामाजिक विकास मन्त्री नवलकिशोर साह, प्रदेशसभा सदस्य करिना बेगम, पूर्व कृषि मन्त्री हरिनारायण यादव, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाको सहभागिता रहेको थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *