वेल्सको प्रभावशाली जित, बेल बने म्यान अफ द म्याच

डिसी नेपाल
२ असार २०७८ २३:४७

काठमाडौं। युइएफए युरोकप २०२० फुटबलमा वेल्सले प्रभावशाली जित निकालेको छ। अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा बुधबार राति भएको खेलमा वेल्सले टर्कीलाई २ – ० गोल अन्तरले पराजित गरेको हो।

वेल्सका लागि आरोन रामजी र कर्नर रोर्बट्सले एक एक गोल गरे।

Image

पहिलो हाफको ४३ औं मिनेटमा आरोन रामजीले गोल गर्दै वेल्सलाई १ – ० को अग्रता दिलाएका थिए। खेलको इन्जुरी समयको अन्तिम मिनेटमा रोर्बट्सले गोल गर्दै वेल्सको जित सुनिश्चित गरेका थिए। दुईटै गोलमा ग्यारेथ बेलको एसिस्ट रहेको थियो।

 

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा वेल्सले दबदबा बनाए पनि दोस्रो हाफमा भने टर्कीले सुधारिएको प्रर्दशन गर्दै वेल्सलाई दबाबमा राखेको थियो।

दुवै टिमले गोलका लागि सुनौलो अवसर बनाए पनि गोलमा परिणत गर्न सकेनन।

Image

खेलको ७ औं मिनेटमा आरोन रामजीले वान टु वान प्रहार गरेको बल किपरले उत्कृष्ट सेभ गरेका थिए। यस्तै २४ औं मिनेटमा पनि उनले गोल गर्ने सुनौलो अवसर पाएका थिए। उनले प्रहार गरेको बल गोलपोस्ट माथिबाट बाहिरीएको थियो।

खेलको ५४ औं मिनेटमा टर्कीका ब्रुक इल्माजले गरेको प्रहार गोलपोस्ट माथिबाट बाहिरीयो।

What a great chance for Merih Demiral (Turkey). He times his jump superbly when he leaps high to meet a precise cross from the corner, directing his towering header inside the right post, but the goalkeeper denies him with a miraculous save.

जेकि केलिकले पेनाल्टी बक्समा ग्यारेथ बेललाई लडाएपछि वेल्सले ६१ औं मिनेटमा पेनाल्टी पाएको थियो। तर, बेलले पेनाल्टी प्रहार गर्दा गोल गर्न चुके।

Gareth Bale (Wales) doesn't keep his cool and fails to convert the penalty. He skies the ball way over the bar and into the stands.

पेनाल्टीमा चुके पनि गोलका लागि महत्वपूर्ण असिस्ट गरेका कारण वेल्सका कप्तान समेत रहेका ग्यारेथ बेल म्यान अफ द म्याच बने।

यो जितसँगै समूह ‘ए’ मा रहेको वेल्स शिर्ष स्थानमा उक्लिएको छ। वेल्सले दुई खेलमा ४ अंक बटुलेको छ। पहिलो खेलमा वेल्सले स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो।

यो हारसँगै टर्की दुई खेलमा अंकबिहीन बनेर समूहको पुछारमा छ। पहिलो खेलमा टर्की इटालीसँग ३–० ले पराजित भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *