स्विजरल्याण्डविरुद्ध इटालीको अग्रता

डिसी नेपाल
३ असार २०७८ १:३३
152
Shares

काठमाडौं। युईएफए युरोकप २०२० फुटबलमा अहिले इटालीले स्विजरल्याण्डको सामना गरिरहेको छ।

स्टाडियो ओलम्पिक रोममा भइरहेको खेलको पहिलो हाफमा घरेलु टोलि इटालीले १ – ० को अग्रता बनाएको छ। म्यानुएल लोकाटेलीलेको गोलमार्फत इटालीले अग्रता बनाएको हो।

Image

डोम्यानीको बेर्नाडीले २६ औै मिनेटमा दिएको सुन्दर पासमा लोकाटेलीले गोल गरे।

त्यसअघि जर्जियो क्लेनीले खेलको १९ औं मिनेटमा गोल गरेका थिए। भीएआर चेकबाट उनले ह्याण्डको सहायताले गोल गरेको भेटिएपछि गोलले मान्यता पाएन।

Image

समूह ‘ए’ मा रहेको इटाली लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ को स्थान पक्का गर्न चाहान्छ। पहिलो खेलमा इटालीले टर्कीलाई ३ – ० गोल अन्तरले हराएको थियो।

स्विजरल्याण्ड १ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। स्विजरल्याण्डले पहिलो खेलमा वेल्ससँग १–१ गोलको बराबरी खेलेको थियो। आज इटालीलाई हराएर स्विजरल्याण्ड पहिलो जित निकाल्न चाहन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *