चीनसँग ४० लाख खाेप खरिद गर्ने सरकारकाे निर्णय, साउनदेखि खाेप ल्याउन सुरू गरिने

डिसी नेपाल
३ असार २०७८ १०:०८
152
Shares

काठमाडौं। सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने प्रक्रिया सुरु गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदले चीनसँग ४० लाख खाेप खरिद गर्ने  निर्णय गरेकाे हाे।  मन्त्रिपरिषद बैठकले खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिए एक मन्त्रीले जानकारी दिए।

स्वास्थ्य सेवा विभागसँग यसअघि नै सिनोफर्मले मूल्यलगायतका विषयमा ‘नन डिस्क्लोजर एग्रीमेन्ट’ प्रस्ताव गरेको थियो। तर, विभाग आफैंले निर्णय गर्न नसकेपछि मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बसेको सीसीएमसी बैठकमा खोप खरिद प्रक्रियाबारे जानकारी दिएका थिए।  ४० लाख चिनियाँसँगै अमेरिकाको जोनसन एन्ड जोनसनसँग ५० लाख डोज खोप किन्ने विषयमा कुराकानी भएकाे बताइएकाे छ।

भारतले आफ्नै मुलुकमा संक्रमण उच्च भएकाले खोप निर्यात गर्न नसक्ने बताएपछि सरकारले चीनसहित तेस्रो मुलुकसँग खरिद प्रक्रिया अघि बढाएको हो। चीनले यसअघि पनि दुई लटमा १७ लाख डोज भेरोसेल खोप अनुदान दिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *