युक्रेनको उत्कृष्ट सुरुवात, पहिलो हाफमा २ – ० को अग्रता
काठमाडौं। युईएफए युरोकप २०२० फुटबलमा अहिले युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा भइरहेको छ। रोमानियाको नेस्नल एरिनामा जारी
खेलको पहिलो हाफ सकिदा युक्रेनले २ – ० को अग्रता बनाएको छ।
युक्रेनका लागि कप्तान आन्द्रे यारमलिन्को र रोमन यारमेन्चुकले गोल गरेका हुन।

पहिलो हाफको २९ औं मिनेटमा युक्रेनका कप्तान आन्द्रे यारमलिन्कोको गोलमा युक्रेनले सुरुवाती अग्रता बनाएको थियो। त्यसलगत्तै ३५ औं मिनेटमा रोमन यारमेन्चुकले उत्कृष्ट गोल गर्दै युक्रेनलाई २ – ० को अग्रता दिलाएका हुन।
खेलको ३९ औं मिनेटमा नर्थ म्यासोडेनियाका गोरन पान्डेभले गोल गरेका थिए। तर, अफसाइड भएपछि उनको गोलले मान्यता पाएन।
समूह ‘सी’ मा रहेका दुवै टिमका लागि आजको खेल गर वा मरको खेल रहेको छ। यो खेल हार्ने टिमले अर्को चरणको सम्भावना लगभग समाप्त हुनेछ। त्यसैले पनि दुवै टिम आजको खेल जितेर नकआउटको सम्भावना कायमै गर्न चाहान्छन।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग खेल हारे पनि युक्रेनले उत्कृष्ट खेल प्रर्दशन गरेको थियो। युक्रेन नेदरल्याण्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो।
नर्थ म्यासेडोनिया पनि पहिलो जितको खोजीमा छ। नर्थ म्यासेडोनिया पहिलो खेलमा अष्ट्रियासँग ३–१ ले पराजित भएको थियो। युक्रेन समूहको तेस्रो र नर्थ म्यासेडोनिया चौंथो स्थानमा रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment