डेनमार्कको धमाकेदार सुरुवात
काठमाडौं। युईएफए युरोकप फुटबल २०२० मा डेनमार्कले धमाकेदार सुरुवात गरेको छ। खेलको दोस्रो मिनेटमै गोल गर्दै डेनमार्कले बेल्जियमविरुद्धको खेलमा धमाकेदार सुरुवात गरेको हो।
खेलको दोस्रो मिनेटमा गोल गर्दै डेनमार्कका युसुफ पोल्सेनले डेनमार्कलाई अग्रता दिलाएका हुन।
फिफा बरियतामा एक नम्बरमा रहेको बेल्जियमलाई डेनमार्कले सुरुवाती मिनेटदेखि नै दबाब दिइरहेको छ।
यो युरोपियन फुटबल इतिहासमा दोस्रो छोटो समयमा गरिएको गोल हो।
समूह ’बी’ मा रहेको बलियो टिम बेल्जियम आज जित निकाल्दै आगामी यात्रा सहज बनाउन चाहान्छ। पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो। ३ अंक जोडेको बेल्जियम समूहको शीर्ष स्थानमा रहेको छ।
डेनमार्क भने पहिलो जित निकाल्न चाहन्छ। पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १–० ले पराजित भएको थियो। पुछारमा रहेको डेनमार्क आज जित निकाल्दै नकआउटको सम्भावना जिवित नै राख्न चाहान्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment