अष्ट्रियाविरुद्ध नेदरल्याण्ड्सको अग्रता
काठमाडौं। युईएफए युरोकप २०२० फुटबलमा नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा भइरहेको छ। खेलको पहिलो हाफ सकिदा नेदरल्याण्ड्सले अग्रता बनाएको छ।
जोन एरिनामा भइरहेको खेलमा घरेलु टोलि नेदरल्याण्डसले मम्फिस डीफेको गोल मार्फत १ – ० को अग्रता लिएको हो।
खेलको १० औं मिनेटमा नेदरल्याण्डसले पाएको पेनाल्टीमा गोल गर्दै डीफेले घरेलु टोलिलाई सुरुवाती अग्रता दिलाएका हुन।
समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्स लगातार दोस्रो जित निकालेर नकआउटको यात्रा पक्का गर्न चाहान्छ। पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको नेदरल्याण्डस समूहको शीर्ष स्थानमा छ।
अष्ट्रिया पनि लगातार दोस्रो जित निकालेर अन्तिम १६ को यात्रा तय गर्न चाहन्छ। पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले हराएको थियो। अष्ट्रिया अंक तालिकामा दोस्रो स्थानमा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment