बेल्जियमलाई जित दिलाएका केभिन डिब्रुयनले किन गरेनन सेलिब्रेसन ?

डिसी नेपाल
४ असार २०७८ ९:५२

काठमाडौं। १६ औं संस्करणको युरोकप फुटबलमा उत्कृष्ट पुनरागमन जित निकाल्दै बिहीबार बेल्जियम नकआउट चरणमा प्रवेश गर्यो। उक्त जित दिलाउन नायक बनेका थिए, ४६ औं मिनेटमा मैदान प्रवेश गरेका केभिन डिब्रुयन।

उनले बेल्जियमले गरेका दुईवटै गोलमा योगदान पुर्याए। उनले नै दिएको पासमा ५५ औं मिनेटमा टोर्गन हर्जाडले गोल गर्दै बेल्जियमलाई १ – १ को बराबरीमा ल्याएका थिए। खेलको ७० औं मिनेट उनले उत्कृष्ट गोल गरे र बेल्जियमको नकआउट चरणको ढोका खोले।

सामान्यतया गोल गरेपछि खेलाडीहरुले विभिन्न किसीमका सेलिब्रेसन गर्ने गर्छन। तर, खेल मैदानमा उनले गोल गरिसकेपछि सेलिब्रेसन भने गरेनन। बेल्जियमको जितमा नायक बनेका डिब्रुयनले सेलिब्रेसन नगर्नुको कारण थियो, ‘आई एम वीथ क्रिस्टन एरिक्सन’ को खेल भावना।

Image

बिहीबार राति एरिक्सनको टिम डेनमार्कसँग बेल्जियमले खेलको थियो। खेल मैदान दर्शकले खचाखच भरिएको थियो। डेनमार्कका दर्शकले विभिन्न प्लेकार्डसहित एरिक्सनको चाँडो रिकभरीको कामना गरेका थिए। डेनमार्क र खेलाडीले भलै २ – १ ले खेल गुमाए। तर, बलियो टिम बेल्जियलाई कडा टक्कर दिएर डेनमार्कले विश्वभरका दर्शकको मन जिते।

युरोकप फुटबल अन्र्तगत गत शनिबार डेनमार्क र फिनल्याण्डबीचको खेलमा हृदयघातका कारण क्रिस्टन एरिक्सन मैदानमा लडेका थिए। खेलको ४३ औं मिनेटमा एरिक्सन बेहोस भएर मैदानमा ढल्न पुगे पछि विश्वभरका खेल समर्थक तथा फुटबलर स्तब्ध बने।

यतिसम्मकी विपक्षी टिमका खेलाडीहरुले पनि आँखाबाट आँशु झारेको घटनाले सबैलाई स्तब्ध बनायो। त्यसपछि उनलाई अस्पताल लगियो र हाल उनको उपचार जारी छ।

Image

 

उनलाई विश्वभरका फुटबल समर्थक लगाएत फुटबलरले चाँडो रिकभरीको कामना गरीरहेका छन। सोही क्रममा भावनात्मक चोट नपुगोस भनेर डिब्रुयनले डेनमार्कविरुद्ध गरेको गोलमा सेलिब्रेसन गरेनन। डीब्रुयनको यो खेल भावनाले विश्वभर चर्चा पाएको छ।

उक्त खेलको १० औं मिनेटमा खेल एकछिन रेफ्रिले रोकेका थिए। एरिक्सनले १० नम्बरको जर्सी लगाउने गर्छन सोही कारण १० मिनेटमा एक छिन खेल रोकेर एरिक्सनप्रति सम्मान व्यक्त गरिएको थियो।

खेल सकिएपछि पनि डेनमार्क र विपक्षी टिम बेल्जीयमका खेलाडीहरु र रेफ्रीले समर्थकहरुसँगै ताली बजाएर एरिक्सनको चाँडो रिकभरीको कामना गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *