टेस्ट विश्वकप क्रिकेट फाइनलः वर्षाका कारण टस पनि हुन सकेन
काठमाडौं। टेस्ट क्रिकेट विश्वकपकको फाइनल खेलका लागि टस पनि हुन सकेको छैन। इंग्ल्याण्डको साउथट्याम्पनमा भारत र न्यूजील्याण्डबीच उपाधि भिडन्त शुक्रबार शुरु हुँदैछ। तर, शुक्रबार पहिलो दिनको खेल वर्षाका कारण शुरु हुन सकेको छैन। टससमेत हुन सकेको छैन। यदि शुक्रबार पहिलो दिनको खेल हुन नसकेमा रिजर्भ डेमा पनि खेल हुनेछ। आईसीसीले पहिलो पटक टेस्टमा एक दिन रिजर्भ डे राखेको हो।
क्रिकेटको वनडे, टी ट्वान्टीमा विश्वक हुँदै आए पनि टेस्ट विश्वकप पहिलो पटक आयोजना गरिएको हो। र पहिलो संस्करणको उपाधि होडमा भारत र न्यूजील्याण्ड पुगेका छन्। फाइनल खेल दुबै टीमका लागि तथस्ट भूमि इंग्ल्याण्डमा हुन लागेको छ।
अहिले टेष्ट वरिययतामा न्यूजील्याण्ड एक नम्बरमा छ भने भारत दुई नम्बरमा छ। तर, भारत विश्वकप अन्तरगतका द्वीपक्षीय शृंखलामा सबैभन्दा धेरै जितका साथ अकंतालिकाको पहिलो स्थानमा रहँदै फाइनलमा पुगेको हो। उता न्यूजील्याण्डले भने विश्वक अन्तरगतको एक श्रृंखला पनि गुमाएन।

इतिहासमा न्यूजील्याण्ड टीम निकै बलियो देखिएको छ। उसका कप्तान केन विलियम्सन ब्याटिंगमा अहिले विश्वर नम्बर १ हुन् भने बलिंग आक्रमण निकै घातक छ। ट्रेन्ट बोल्ट, टिम साउदी र काइल जेमिसन न्यूजील्याण्डका तिब्र बलिंक आक्रमण हुन्।
उता भारत पनि निकै बलियो टिम हो। विराट कोहली, रोहित शर्मा, चेतेश्वर पुजारा र अजिंक्य रहाणे भारतीय बलियो ब्याटिंग लाइन हो। फास्ट बलिंगमा जसप्रित बुमराह र इशान्त शर्माले नेतृत्व गर्नेछन्। निकै प्रतिस्पर्धात्मक हुने मानिएको यो फाइनल भिडन्तमा वर्षाले प्रभाव पारेको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment