रोनाल्डोका कारण कोकाकोलालाई अरबौं डलर घाटा लाग्दा फेविकोलले फाइदा उठायो

डिसी नेपाल
४ असार २०७८ १७:३२

काठमाडौं। पोर्चुगलको फुटबल टिमका कप्तान क्रिस्टियानो रोनाल्डोले आफ्नो खेलअघिको पत्रकार सम्मेलनमा आफ्नो अगाडि राखिएका कोकाकोलाका बोतल हटाएपछि यसले विश्व बजारमा हलचल ल्यायो । केही सेकेण्डको यो घटनाले एकाएक कोकाकोलाको शेयर मूल्यमा भारी गिरावट आयो र कोकाकोलाको मूल्यमा ४ अर्ब डलर कमी आयो । तर, यो घटनाबाट अर्को प्रसिद्ध ब्राण्ड फेविकोलले भने फाइदा उठाएको छ ।

फेविकोलले यो घटनाको फाइदा उठाउने गरी सिर्जनशीलता देखाउँदै ट्वीटरमा एउटा पोस्ट गरेको छ जुन पोस्ट निकै भाइरल भइरहेको छ । यो फोटोमा प्रतिकात्मक रुपमा पूरै सेटअप रोनाल्डोको पत्रकार सम्मेलनको जस्तै राखिएको छ । यसमा एउटा कुर्सी छ र रोनाल्डोको पत्रकार सम्मेलनमा जहाँ कोकाकोलाका बोतल थिए त्यो ठाउँमा फेविकोलका २ वटा बट्टा राखिएका छन् । यसमा सबैभन्दा रोचक फेविकोलको ट्यागलाइन छ जसमा लेखिएको छ ‘न बोतल हट्नेछ न मूल्य घट्नेछ ।’

फेविकोलले टाँस्ने काम गर्छ । यो लाइनमार्फत फेविकोलले आफ्नो ग्लुले टाँसेको कुरा त्यहाँबाट हटाउन नसक्ने संकेत गर्दै आफ्नो प्रचार गरेको छ । फेविकोलको यो प्रचार धेरैले रुचाएका छन् । सामाजिक संजालमा एक प्रयोगकर्ताले फेविकोललाई आफ्नो यो प्रचार बनाउने क्रिएटिभ टिमलाई सिर्जनशीलताको लागि पारिश्रमिक बढाउन सुझाव दिएका छन् । यसबाहेक धेरै सामाजिक संजाल प्रयोगकर्ताहरुले फेविकोलको यो सिर्जनशीलताको प्रशंशा गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *