टेष्ट विश्वकप क्रिकेट फाइनलः पहिलो दिनको खेल हुन सकेन
काठमाडौं। टेष्ट विश्वकप क्रिकेट फाइनल खेलको पहिलो दिनको खेल एक ओभर पनि हुन सकेन। इंग्याल्याण्डको साउथट्याम्पनमा भारत र न्यूजील्याण्डबीच हुने खेल वर्षाका कारण पहिलो दिनको खेल हुन नसकेको हो।
टस हुनु अगिाडि नै साउथट्याम्पनमा वर्षा भएपछि शुक्रबार टस पनि भएन। पहिलो दिनको खेल हुन नसकेकाले अब रिजर्भ डेमा खेल हुने लगभग पक्का भएको छ। फाइनल खेल भएकाले आईसीसीले खेलको नतिजा निस्कियोस भन्ने उद्देश्यले एक दिन रिजर्भ डे राखेको हो।
वर्षा रोकिएपछि खेल शुरु गर्ने तयारी भए पनि मैदान भिजेकाले खेल हुन नसकेको क्रिकइन्फोले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment