स्लोभाकियालाई हराउँदै स्वीडेन शीर्ष स्थानमा

डिसी नेपाल
४ असार २०७८ २०:४५

काठमाडौं । युरोकप फुटबल अन्तर्गत आज भएको खेलमा स्वीडेनले जित हासिल गरेको छ । सेन्ट पिटर्सबर्गमा भएको खेलमा स्लोभाकियालाई पराजित गर्दै स्वीडेनले दोस्रो जित निकालेको हो ।

खेलको ७७ औँ मिनेटमा स्वीडेनका इमिल फोर्सबर्गले पेनाल्टी मार्फत गोल गरेका थिए । स्लोभाकियाका गोलकिपरले स्वीडेनका रोबिन क्वाइसनलाई डी बक्सभित्र लडाएपछि स्वीडेनले पेनाल्टी पाएको थियो ।

जितसँगै स्वीडेन समूह ई को शीर्षस्थानमा उक्लिएको छ । स्वीडेनले दुई खेलमा एक जित र एक बराबरी खेलेको छ । यस्तै स्लोभाकिया एक जितसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *