युरोकप फुटबल : पहिलो हाफमा चेक रिपब्लिकको अग्रता

डिसी नेपाल
४ असार २०७८ २२:४३

काठमाडौं । युरोकप फुटबल अन्तर्गत अहिले चेक रिपब्लिक र क्रोएसियाबीचको खेला जारी रहेको छ । ह्यामडेन पार्कमा जारी खेलको पहिलो हाफ सकिँदा चेक रिपब्लिकले अग्रता बनाएको छ ।

पहिलो हाफमा चेक रिपब्लिकले १–०को अग्रता बनाएको छ । खेलको ३७ औं मिनेटमा प्याट्रिक शिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका हुन् ।

क्रोएसियाका डेजान लेभ्रोनले प्याट्रिकलाई फउल गरेपछि भीएआरको सहायताबाट चेक रिपब्लिकले पेनाल्टीको अवसर पाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *