अस्पतालबाट डिस्चार्ज भए एरिक्सन – Dcnepal

अस्पतालबाट डिस्चार्ज भए एरिक्सन

काठमाडौं। डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन अस्पतालबाट डिस्चार्ज भएका छन् । डेनिस एफएले शुक्रबार एरिक्सन अस्पतालबाट डिस्चार्ज भएको जनाएको छ ।

युरोकप फुटबल अन्तर्गत शनिबार फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर मैदानमा ढलेपछि एरिक्सनलाई अस्पताल भर्ना गरिएको थियो ।

फिनल्याण्डविरुद्ध ४३ औं मिनेटमा एरिक्सन अचेत भएर मैदानमा ढल्न पुगेका थिए । इन्टर मिलानका २९ वर्षीय मिडफिल्डरलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो । उक्त खेलमा डेनमार्क १–० ले पराजित भएको थियो ।

यस्तै एरिक्सनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) समेत जडान गरिएको छ ।

डेनिस एफएले एरिक्सनको शरीरमा आइसिडी जडान गरिएको जनाएको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो