उरुग्वेलाई हराउँदै अर्जेन्टिना उक्लियो शीर्ष स्थानमा

डिसी नेपाल
५ असार २०७८ ७:४७
2.1k
Shares

काठमाडौं। ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले उरुग्वेलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ।

ब्राजिलको इस्टेडियो नेसनल डी ब्रासालिया मैदानमा शनिबार बिहान भएको खेलमा अर्जेन्टिानाले अर्को उपाधि दाबेदार टिम उरुग्वेलाई १ – ० गोल अन्तरले पराजित गरेको हो।

अर्जेन्टिनाका लागि गुइडो रोर्डिगेजले एक मात्रै निर्णयक गोल गरे।

Image

खेलको तेह्रो मिनेटमा स्टार स्ट्राइकर लियोनल मेस्सीले दिएको आर्कषक पासलाई रोर्डिगेजले हेडरमार्फत गोल गरेका हुन।

खेल प्रतिस्प्रधात्मक बने पनि दुवै टोलिले गोल गर्ने धेरै मौका सिर्जना गर्न सकेनन।

Image

खेलको ७ औं मिनेटमा लियोनल मस्सीले प्रहार गरेको बल उरुग्बेका गोलकिपरले उत्कृष्ट सेभ गरेका थिए।

२७ औं मिनेटमा एडिसन कभानी पेनाल्टी बक्सभित्र लड्न पुगेका थिए। उनले पेनाल्टीको अपिल गरे पनि रेफ्रीले त्यसलाई चासो दिएनन।

Image

 

समूह ‘बी’ अन्र्तगत रहेको अर्जेन्टिनाको यो पहिलो जित हो। जितसँगै अर्जेन्टिना ४ अंक बटुलेर समूहको शीर्ष स्थानमा उक्लिएको छ।

Image

यस संस्करणको कोपा अमेरिका फुटबलको पहिलो खेल खेलेको उरुग्वेले हारसँगै प्रतियोगिता सुरुवात गरेको छ। उरुग्बे एक खेलबाट अंकबिहीन हुँदै अंकतालिकाको चौथो नम्बरमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *