विश्वप्रसिद्ध धावक मिल्खा सिंहको निधन, ५ दिन अघिमात्र पत्नीको पनि निधन भएको थियो

डिसी नेपाल
५ असार २०७८ ९:५५

काठमाडौं। विश्वप्रसिद्ध भारतीय धावक मिल्खा सिंहको कोरोना संक्रमणका कारण निधन भएको छ । शुक्रबार राती स्थानीय समयअनुसार साढे ११ बजे उनको निधन भएको हो । उनी ९१ वर्षका थिए ।

५ दिनअघि मात्र उनकी पत्नी निर्मल कौरको पोस्ट कोभिड कम्प्लिकेसनका कारण निधन भएको थियो । मिल्खाको चण्डीगढस्थित पीजीआइएमइआरमा १५ दिनदेखि उपचार भइरहेको थियो । उनलाई ३ जूनमा अक्सिजन लेभल घटेपछि आइसीयूमा भर्ना गरिएको थियो । २० मेमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह लगायतले मिल्खालाई श्रद्धाञ्जली दिएका छन् । प्रधानमन्त्री मोदीले आफूहरुले एक शानदार खेलाडी गुमाएको बताएका छन् । मिल्खाले असंख्य भारतीयको मनमा आफ्नो विशेष स्थान बनाएको बताउँदै मोदीले मिल्खाको व्यक्तित्वले उनलाई लाखौंको प्रिय बनाएको बताएका छन् ।

मिल्खा र उनकी पत्नी २० जूनमा संक्रमित पाइएपछ उनीहरुलाई एक निजी अस्पतालमा भर्ना गरिएको थियो । ३० मेमा परिवारको आग्रहमा डिस्चार्ज गरेर घर ल्याइएको थियो । ३ जूनअमा अक्सिजन लेभल घटेपछि उनलाई पुनः अस्पतालमा भर्ना गरिएको थियो ।

मिल्खाकी पत्नी निर्मल कौरको पोस्ट कोभिड कम्प्लिकेसनका कारण निधन भएको थियो । उनी ८५ वर्षकी थिइन् । निर्मल पनि पूर्व खेलाडी हुन् । उनी भारतीय महिला भलिबल टिमकी कप्तान थिइन् । उनी पंजाम सरकारको महिलाका लागि खेलकुद निर्देशक पदमा पनि रहिसकेकी थियन् । मिल्खाको परिवारका तर्फबाट जारी बयानमा उनको निभन १३ जूनमा भएको बताइउको छ । आइसीयूमा भर्ना भएका कारण मिल्खा पत्नीको अन्तिम संस्कारमा सहभागी हुन सकेनन् ।

२० नोभेम्बर १९२९ मा मिल्खाको जन्म गोविन्दपुराको एक शिख परिवारमा भएको थियो । गोविन्दपुरा अहिले पाकिस्तानको पंजाब प्रान्तमा पर्छ । भारत र पाकिस्तान विभाजनपछि उनी भागेर भारत आएर सेनामा भर्ती भएका थिए । केही समय सेनामा रहेपछि उनले क्रस कन्ट्री दौडमा भाग लिए । त्यसपछि उनको खेल करिअर अगाडि बढेको थियो ।

मिल्खाले १९५६ को ओलम्पिकमा भाग लिएर केही गर्न सकेनन् तर त्यसपछि १९५८ मा टोक्योमा आयोजित एसियाली खेलमा २०० र ४०० मिटर दौड तथा राष्ट्रमण्डलमा ४०० मिटर दौडमा स्वर्ण पदक जिते । उनलाई भारत सरकारले पदमश्रीले सम्मान गरेको थियो । पाकिस्तानमा आयोजित एक दौडमा शानदार प्रदर्शन गरेका मिल्खालाई पाकिस्तानका जनरल अयुब खानले ‘द फ्लाइङ सिख’ नाम दिएका थिए ।

फिल्खाको जीवनकथामा २०१३ मा बलिउड फिल्म ‘भाग मिल्खा भाग’ बनिसकेको छ , यो फिल्मको निर्देशन राकेश ओमप्रकाश मिश्राले गरेका थिए । प्रसून जोसीले कथा लेखेको यो फिल्ममा मिल्खाको भूमिका फरहान अख्तरले गरेका थिए । अप्रिल २०१४ मा ६१ औं राष्ट्रिय फिल्म पुरस्कारमा यो फिल्मले सर्वश्रेष्ठ मनोरञ्जक फिल्मको पुरस्कार जित्यो । यो फिल्मलाई सर्वश्रेष्ठ कोरियोग्राफीको लागि पनि पुरस्कृत गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *