वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा न्यूजिल्याण्डले टस जित्यो

डिसी नेपाल
५ असार २०७८ १५:१३

काठमाडौं। आइसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा न्यूजिल्याण्डले टस जितेको छ । भारत र न्यूजिल्याण्डबीच हुने फाइनलमा न्यूजिल्याण्डले टस जितेर फिल्डिङ रोजेको छ । हिजो नै सुरु हुनुपर्ने यो खेल हिजो वर्षाका कारण रोकिएको थियो ।

आजको खेलमा भारतको तर्फबाट रोहित शर्मा, शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, अजिंक्या राहाणे, ऋषभ पन्त, रविन्द्र जडेजा, रविचन्द्रन अश्विन, इशान्त शर्मा, मोहम्मद शमी र जस्िरत बुमराह मैदानमा उत्रिँदैछन् ।

यस्तै न्यूजिल्याण्डको तर्फबाट टम लथाम, डेवोन कन्वे, केन विलियमसन, रस टेलर, हेनरी निकोलस, बिजे वटलिंग, कोलिन डि ग्राण्डहोम, केल जेमिनसन, टिम साउदी, निल वाग्नर र ट्रेन्ट बोल्ट खेल्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *