खेलकदु मन्त्रीद्वारा ओलम्पिक डेको उद्घाटन

डिसी नेपाल
५ असार २०७८ १६:१५

काठमाडौं। आधुनिक ओलम्पिक गतिबिधिको जन्मदिनलाई सम्झना गर्दै ओलम्पिकसँग आवद्ध बिश्वभरिका राष्ट्रहरुले बिविध कार्यक्रमको आयोजना गर्दै मनाइने कार्यक्रम ओलम्पिक डेको नेपालमा पनि ५ दिनसम्म मनाइने भएको छ। ओलम्पिक डे कार्यक्रमको युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले शनिबार एक कार्यक्रमका विच नेपाल ओलम्पिकको सातदोवाटोस्थित कार्यालयमा नेपालको झण्डोत्तोलनका साथ पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरे। यस्तै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको झण्डोत्तोलन गरे।

कार्यक्रमलार्ई सम्वोधन गर्दै मन्त्री मियाले नेपाली खेलकुदको विकासका लागि टिम स्पिरिटको भावनाले अगाडि बढ्ने बताए। आफू राजनीतिज्ञ मात्र नभई बिकास क्षेत्रबाट अगाडि आएकोले पहिले भन्दा अहिले अझै राम्रो गर्न कसरी सकिन्छ दत्तचित्त भएर लाग्ने बताए। त्यसका लागि उनले सवैको साथ र सहयोगको अपेक्षा रहेको बताए। उनले खेलकुदको विकासका लागि आफु सवै प्रकारको सहयोग गर्न र जुनसुकै समयमा सहयोग गर्न तयार रहेको बताए।

कार्यक्रमको बारेमा जाकारी दिंदै अध्यक्ष जीवनराम श्रेष्ठले अन्तराष्ट्रिय ओलम्पिकसंग आवद्ध बिश्वका सवै राष्ट्रमा विभिन्न कार्यक्रमहरु आयोजना भइरहेको र त्यहि क्रममा नेपालमा पनि विभिन्न कार्यक्रमसहित ५ दिन सम्म संचालन हुने बताए। उनले खेलाडी मात्र नभई सवैलाई समेटेर ब्यापक रुपमा ओलम्पिकसँग सहकार्य गर्दै अगाडि बढाउनु पर्ने बताए। ओलम्पिक खेलमात्र नभई साँस्कृतिक रितीरिवाज र बिश्व भातृत्वमार्फत शान्ति अभियानलाई अघि बढाउनु पनि रहेको बताए। उनले ओलम्पिक डेलाई भब्यताका साथ मनाउने उद्देश्य रहेता पनि कोभिड महामारीका कारण खुम्चिनु परेको समेत बताए।

सो अवसरमा मन्त्री मियाँ र अध्यक्ष श्रेष्ठले मैत्रीपूर्ण टेबल टेनिस खेलेका थिए। कार्यक्रमका संयोजक कमिसनका अध्यक्ष बिष्णुगोपाल श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गर्दे ओलम्पिक डेको बारेमा प्रकाश पारेका थिए।

कार्यक्रममा कमिटिका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधान, उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज राजबैद्य, उपाध्यक्ष ज्याती राणा, अशोक बज्राचार्य, महासचिव निलेन्द्र राज श्रेष्ठ, सचिव तुलसा थापा, रामजी बहादुर श्रेष्ठ, सदस्यहरु, ओलम्पियनहरुको उपस्थिती रहेको थियो। ओलम्पिक डेका अवसरमा नेपालका ३५ जिल्लाहरुमा विभिन्न कार्यक्रमहरु आयोजना हुने भएको संयोजक श्रेष्ठले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *