गुरुप अफ डेथमा हंगेरीले बराबरीमा रोक्यो फ्रान्सलाई

डिसी नेपाल
५ असार २०७८ २०:४६

काठमाडौं। युईएफए युरोकप फुटबल २०२० मा फ्रान्सले हंगेरीसँग बराबरी खेल्दै अंक बाडेको छ। पुस्कास एरिनामा शनिबार भएको खेलमा विश्व विजेता फ्रान्स हंगेरीसँग १ – १ गोलको बराबरीमा रोकिएको हो।

पहिलो हाफमा अग्रता बनाए पनि जोगाउन नसक्दा हंगेरीले बराबरीमा चित्त बुझाउनु पर्यो।

पहिलो हाफको इन्जुरी समयमा हंगेरीका लागि एटिला फियोलाले गोल गर्दै हंगेरीलाई १ – ० को अग्रता दिलाएका थिए।

तर, एन्टोनी ग्रिजम्यानले ६६ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई  १ – १ को बराबरीमा ल्याए।

Image

घरेलु टोलि हंगेरीलाई सुरुदेखि नै दबाबमा राखेको फ्रान्सले गोल गर्ने केही सुनौलो अवसर पाए पनि गोल भने गर्न सकेन।

खेलको १४ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले प्रहार गरेको बल हंगेरीका गोलकिपरले उत्कृष्ट सेभ गरेका थिए।

खेलको १७ औं मिनेटमा लुकास ड्याग्नेले दिएको उत्कृष्ट पासमा केलियन एम्बाप्पेले गोल गर्ने सुनौलो अवसर पाएका थिए। पेनाल्टी बक्स भित्र फ्रि हेडर पाएको बललाई उनले गोलमा परिणत गर्न सकेनन। उनले प्रहार गरेको बल गोलपोस्ट नजिकैबाट बाहिरीएको थियो।

Image

३२ औं मिनेटमा हंगेरीका २ खेलाडीलाई छलाउँदै एम्बाप्पेले पेनाल्टी बक्सभित्र करिम बेन्जिमालाई पास दिएका थिए। बक्स भित्र पाएको सुनौलो अवसरलाई बेन्जिमाले पनि टार्गेटमा राख्न सकेनन।

खेलको ५९ औं मिनेटमा उसमान डेम्बेलेले प्रहार गरेको बल गोलपोस्टमा लागेर बाहिरीएको थियो। खेलको अन्तिम समय ८२ औं मिनेटमा एम्बाप्पेले प्रहार गरेको जोडदार प्रहारलाई हंगेरीका गोलकिपरले उत्कृष्ट सेभ गेरे।

Image

यो बरारबरीसँगै गु्रप अफ डेथको रुपमा रहेको समूह ‘एफ’ मा फ्रान्स शीर्ष स्थानमा उक्लिएको छ। फ्रान्सले दुई खेलबाट ४ अंक जोडेको छ।
फ्रान्सले पहिलो खेलमा उपाधि दाबोर जर्मनीलाई १–० गोल अन्तरले पाखा लगाएको थियो।

यो बराबरीसँगै हंगेरीको नकआउटको सम्भावना भने कठिन बनेको छ। हंगेरीले २ खेलबाट १ अंक मात्रै जोड्न सकेको छ। पहिलो खेलमा पोर्चुगुलसँग ३–० ले पराजित भएको हंगेरी एक अंक जोड्दै समूहको तेस्रो नम्बरमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *