रोनाल्डोको अर्को कीर्तिमान

उपेन्द्र शाही
५ असार २०७८ २२:१७

काठमाडौं। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोकप फुटबलमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान कायम गरेका छन। शनिबार जर्मनीविरुद्धको खेलमा गोल गर्दै उनले आफ्नै नाममा रहेको कीर्तिमान तोडेर नयाँ कीर्तिमान कायम गरेका हुन।

Image

३६ वर्षीया रोनाल्डोले युरोकपमा गरेको गोलसंख्या १२ पुगाएका छन। उनले गत मंगलबार मात्रै हंगेरीविरुद्ध २ गोल गर्दै युरोकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा गराएका थिए।

उक्त क्रममा रोनाल्डोले फ्रान्सका लिजेण्ड फुटबलर मिकेल फ्रान्सिस्को पलाटानीको नाममा रहेको ९ गोलको कीर्तिमान तोडेका थिए।

पहिलो पटक सन् २००४ मा युरोकप खेलेका रोनाल्डोले सन् २००८, २०१२, २०१६ र २०२० को युरोकप संस्करण गरी सबैभन्दा धेरै ५ संस्करण युरोकप खेल्ने कीर्तिमान पनि कायम गरेका छन।

Image

सन् २०१६ मा रोनाल्डोको कप्तानीमा पोर्चुगलले युरोकपको उपाधि समेत जितेको थियो।

डेब्यु संस्करणमा २ गोल गरेका रोनाल्डोले त्यसपछिको संस्करणमा क्रमश १, ३ र ३ गोल गरेका छन्। यो सिजन मात्रै उनले २ खेलमा ३ गोल गरिसकेका छन। उनले हालसम्म १०७ अन्तराष्ट्रिय गोल गरेका छन।

जर्मनिविरुद्ध खेलको नतिजा भने पोर्चुगलको सुखद रहेन। रोनाल्डोले कीर्तिमान कायम गरेको उक्त खेलमा जर्मनीले पोर्चुगललाई ४ – २ गोलले स्तब्ध बनायो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *