पोर्चुगलविरुद्ध जर्मनीको अग्रता
काठमाडौं। युईएफए युरोकप फुटबल २०२० मा अहिले जर्मनी र पोर्चुगलबीच प्रतिस्प्रधा भइरहेको छ। एलिनाज एरिनामा जारी खेलको पहिलो हाफ सकिँदा जर्मनीले अग्रता लिएको छ। जर्मनीले १ – ० को अवस्था उल्ट्याउँदै २ – १ को अग्रता बनाएको हो।
खेलको १७ औं मिनेटमा पाहुना टोलि पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै १ – ० को अग्रता दिलाएका थिए।
जर्मनीले दुवै गोल उपहार स्वरुप पाएको हो। ३५ औ मिनेटमा रोबिन डियाज र ३९ औं मिनेटमा राफायल गोरेरोको आत्मघाती गोल मद्दतमा जर्मनीले २ – १ को अग्रता बनाएको हो।

त्यसअघि खेलको पाचौँ मिनेटमा नै रोबिन गोसेनले जर्मनीका लागि गोल गरेका थिए। तर, अफसाइडका कारण उक्त गोलले मान्यता पाएन।

गु्रप अफ डेथका रुपमा रहेको समूह ‘एफ’ मा साविक विजेता पोर्चुगल लगातार दोस्रो जित निकाल्दै नकआउट चरणको स्थान सुनिश्चित गर्न चाहान्छ। पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो। पोर्चुगल ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ।
उपाधि दाबेदारको रुपमा हेरिएको जर्मनी भने पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा विश्व विजेता फ्रान्ससँग १–० ले स्तब्ध बनेको जर्मनीका लागि यो खेल महत्वपूर्ण रहेको छ। नकआउट चरणको सम्भावना कायम राख्न जर्मनीलाई जित्नै पर्ने दबाबमा छ। जर्मनी समूहको पुछारमा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment