टेस्ट विश्वकपः भारतले बनायो १४६ रन

डिसी नेपाल
५ असार २०७८ २३:११

काठमाडौं। इंग्ल्याण्डको साउथ्याम्पटनमा जारी भारत र न्यूजील्याण्डबीचको टेस्ट विश्वकप क्रिकेटको फाइनल खेलमा भारतले खेलको दोस्रो दिन ३ विकेटमा १४६ रन बनाएको छ। पहिलो दिन वर्षाका कारण एक ओभरको खेल हुन सकेन भने दोस्रो दिन पनि मात्र ६४ ओभरको खेल भएको छ। खराब प्रकाशका कारण दोस्रो दिनको खेल एक सेसन अगाडि नै रोकियो। खेल सकिँदा भारतका कप्तान विराट कोहली ४४ र उपकप्तान अजिंक्य रहाणे २९ रन बनाएर नटआउट छन्।

भारतका लागि शुभमन गिल र रोहित शर्मा ओपनिंग गरेका थिए। दुबैले पहिलो विकेटका लागि ६२ रनको साझेदारी गरेका थिए। न्यूजील्याण्डका काइल जेमिसनले रोहितको विकेट लिँदै न्यूजील्याण्डलाई पहिलो सफलता दिलाएका थिए। स्कोर बोर्डमा थप एक रन जोड्दा भारतले अर्का ओपनर गिललाई पनि गुमाएको थियो। उनको विकेट नील वांगरले लिएका थिए। रोहितले ३४ रन बनाए भने गिलले २८ रन बनाए।

यसपछि मैदानमा आएका चेतेश्वर पुजारामा पनि पिचमा टिक्सन सकेनन्। टिमको स्कोर ८८ हुँदा उनी ८ रन बनाएर ट्रेन्ट बोल्टको बलमा आउट भए।

यसपछि भारतका कप्तान कोहली र उपकप्तान रहाणेले सम्हालिएर खेल्दै खेलसकिँदासम्म ५८ रनको साझेदारी गरेका छन्।

पहिलो दिनको खेल वर्षाका कारण र दोस्रो दिनको खेल खराब प्रकाशका कारण पूरा हुन नसकेकाले रिजर्भ डेको खेल हुने निश्चित भएको छ। यो फाइनल भिडन्त ६ दिनको हुने भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *