जर्मनीको सानदार जित, पोर्चुगल ४ – २ गोलले पराजित

डिसी नेपाल
५ असार २०७८ २३:४९

काठमाडौं। युईएफए युरोकप फुटबल २०२० मा जर्मनीले डिफेन्डिङ च्याम्पियन पोर्चुगलाई पराजित गरेको छ।

एलिनाज एरिनामा शनिबार राति सम्पन्न खेलमा घरेलु टोलि जर्मनीले पोर्चुगललाई ४ – २ गोलअन्तरले पराजित गरेको हो। सुरुवाती अग्रता जोगाउन नसक्दा पोर्चुगल पराजित हुन पुग्यो।

जर्मनीका लागि रोबिन गोसेन्स र काइ हार्बडजले एक एक गोल गरे। जर्मनीले दुई गोल भने उपहार पाएको थियो। रोबिन डियाज र राफायल गोरेरोको आत्मघाती गोलको मद्दतले जर्मनीले जित हासिल गर्यो।

Image

पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डो र डियगो जोटाले एक एक गोल गरे।

कप्तान क्रिस्टियानो रोनाल्डोले पहिलो हाफको १५ औं मिनेटमा किर्तीमानी गोल गर्दै पोर्चुगललाई १ – ० को अग्रता दिलाएका थिए। उनले आफ्नो नाममा रहेको युरोकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान कायम गरेका हुन। उनले युरोकपमा कूल १२ गोल गरेका छन।

Image
आक्रामक खेल प्रस्तुत गरेको जर्मनीले दुवै गोल उपहार स्वरुप पायो। पहिलो हाफको ३५ औ मिनेटमा रोबिन डियाज र ३९ औं मिनेटमा राफायल गोरेरोको आत्मघाती गोल मद्दतमा जर्मनीले २ – १ गोलको अग्रता बनायो।

Image

दोस्रो हाफको ५१ औं मिनेटमा काइ हार्बडजले गोल गर्दै जर्मनीलाई ३  – १ को अग्रता दिलाए। त्यसको लगत्तै खेलको ६० औं मिनेटमा रोबिन गोसेन्सले गोल गर्दै घरेलु टोलिलाई ४ – १ गोलको अवस्थामा पुर्याए।

६७ मिनेटमा डियगो जोटाले गोल गर्दै पोर्चुगललाई खेलमा र्फकाउने प्रयास गरे। तर, थप गोल हुन नसक्दा पोर्चुगलले हार बेहोर्न पुग्यो।

Goal! Cristiano Ronaldo rounded the goalkeeper and sent a sweet pass to Diogo Jota (Portugal), who had an easy finish to put it into an empty net. 2:4.

त्यसअघि खेलको  पाचौँ मिनेटमा नै रोबिन गोसेनले जर्मनीका लागि गोल गरेका थिए। तर, अफसाइडका कारण उक्त गोलले मान्यता पाएन।

जितसँगै गु्रप अफ डेथका रुपमा रहेको समूह ‘एफ’ मा रहेको जर्मनी दोस्रो नम्बरमा उक्लिएको छ। जर्मनीले २ खेलबाट ३ अंक जोडेको छ। पहिलो खेलमा जर्मनी विश्व विजेता फ्रान्ससँग १–० ले स्तब्ध बनेको थियो।

समान खेलबाट समान अंक भएपनि गोल अन्तरका आधारमा पोर्चुगल तेस्रो नम्बरमा छ। पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *