विश्व टेस्ट च्याम्पियनसिपः २१७ रनमा रोकियो भारत

डिसी नेपाल
६ असार २०७८ १९:००
224
Shares

काठमाडौं। विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेलमा भारत न्युजील्याण्डविरुद्ध पहिलो इनिंगमा २१७ रन बनाएको छ। खेलको आइतबार तेस्रो दिन भारतले सबै विकेट गुमाउँदै २१७ रन बनायो। दोस्रो दिन भारतले ३ विकेटमा १४६ रन बनाएको थियो।

आइतबार थप ७१ रन बनाउँदा बाँकी ७ विकेट गुमायो। भारतका लागि सर्वाधिक रन उपकप्तान अजिंक्य रहाणेले ४९ रन बनाए भने कप्ता विराट कोहलीले ४४ रन बनाए। उनी दोस्रो दिन ४४ रन बनाउँदै नटआउट रहेका थिए। आइतबार तेस्रो दिनको खेलमा थप रन नबनाउँदै आउट भए।

न्यूजील्याण्डका लागि काइल जेमिसन सबैभन्दा सफल बरल भए। उनले ५ विकेट लिए। यस्तै निल वेंगर र ट्रेन्ट बोल्टले २–२ विकेट लिए भने टिम साउदीले एक विकेट लिए। कोलिन डि ग्राण्डहोम विकेटविहीन रहे।

टस जितेर पहिला बलिंग रोजेको न्यूजील्याण्डले अब केही समयपछि आफ्नो पहिलो इनिंग शुरु गर्नेछ। खेल इंग्ल्याण्डको साउथट्याम्पनमा भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *