टोकियो ओलम्पिकका लागि जापान पुगेका एक अन्तर्राष्ट्रिय सहभागी कोरोना संक्रमित

डिसी नेपाल
६ असार २०७८ २२:१२

टोकियो (एजेन्सी)। टोकियो ओलम्पिकमा सहभागी हुन जापान पुगेको युगान्डाको टोलीमा रहेका एकजना कोरोना संक्रमित भएका छन्। टोकियो ओलम्पिकका लागि जापान पुगेका खोलाडी कोरोना संक्रमित भएको यो पहिलो घटना हो।

टोकियोमा २३ जुलाइदेखि ८ अगस्टसम्म ओलम्पिक खेल आयोजना हुँदैछ। गत वर्ष आयोजना हुने सो प्रतियोगिता कोरोना महामारीका कारण हुन सकेको थिएन। यो वर्ष पनि टोकियो ओलम्पिकको विरोध भइरहेको छ। तर, जापान र ओलम्पिक कमिटीले भने प्रतियोगिता आयोजना दृढता व्यक्त गरेको छ। विभिन्न देशका खेलाडी अफिसियल जापान पुग्नेक्रम जारी छ। तर, जापान पुगेका खेलाडी संक्रमित भएको पहिलो घटना सार्वजनिक भएको छ।

युगान्डामा कोरोना संक्रमणका घटनाहरु बढिरहेका छन्। जापानका लागि उड्नुअघि युगान्डामा गरिएको परीक्षणमा नेगेटिभ भएका व्यक्ति जापानमा पोजेटिभ पाइएको जनाइको छ। पोजेटिभ व्यक्तिले कोरोनाविरुद्धको दुबै डोज खोप लगाएकोसमेत बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *