युरोकप फुटबलमा टर्कीविरुद्ध स्विजरल्याण्डको अग्रता

डिसी नेपाल
६ असार २०७८ २२:३३

काठमाडौं। युईएफए युरोकप फुटबलमा अहिले स्विट्जरल्यान्डले टर्कीसँग प्रतिस्प्रधा गरिरहेको छ।

बाकुमा जारी खेलको पहिलो हाफ सकिदा स्वीजरल्याण्डले २ – ० को अग्रता लिएको छ।

स्वीजरल्याण्डका लागि खेलको छैटौँ मिनेटमा नै हरिस सेभ्रोभिकले गोल गर्दै टर्कीलाई १ – ० को अग्रता दिलाए। खेलको २६ औं मिनेटमा सकिरीले गोल गर्दै २ – ० को अग्रता दिलाएका हुन।

Image

स्विट्जरल्यान्ड पहिलो जितको खोजीमा छ। स्विजरल्याण्डले आजको खेलमा ठूलो गोलअन्तरले जित्नु पर्ने छ। स्विट्जरल्यान्ड जित निकाल्दै नकआउट चरणको ढोका खोल्न चाहन्छ। पहिलो खेलमा इटलीसँग ३ – ० ले पराजित स्जिरल्याण्ड दोस्रो खेलमा वेल्ससँग १ – १ को बराबरीमा रोकिएको थियो।

Image

स्विट्जरल्यान्ड २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा छ। पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्विट्जरल्यान्ड दोस्रो खेलमा इटालीसँग ३ – ० गोलले पराजित भएको थियो।

टर्की भने पहिलो अंकको खोजीमा छ। समूहको पुछारमा रहेको टर्कीले अंक जोड्न सकेको छैन। पहिलो खेलमा इटालीसँग ३ – ० गोलले पराजित टर्की दोसो खेलमा वेल्ससँग २ – ० गोलले पराजित भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *