वेल्सविरुद्ध इटलीको अग्रता, दबाबमा वेल्स
काठमाडौं। युईएफए युरोकप फुटबलमा समूह चरणको अन्तिम खेलमा इटलीले वेल्ससँग प्रतिस्पर्धा गरीरहेको छ।
रोममा जारी खेलको पहिलो हाफमा इटलीले १ – ० को अग्रता लिएको छ।
खेलको ३९ औं मिनेटमा माचियो पासीनीले गोल गर्दै घरेलु टोलि इटलीलाई अग्रता दिलाएका हुन।
इटाली यस अघि नै नकआउट चरणमा प्रवेश गरिसकेको छ। इटलीले २ खेलमा ६ अंक जोडेर समूहको शीर्ष स्थानमा छ। पहिलो खेलमा इटालीले टर्की र स्जिरल्याण्डलाई समान ३–० गोलले हराएको थियो। तर, अन्तिम खेलमा जित निकाल्दै इटाली समूह विजेता बन्न चाहन्छ।
वेल्सका लागि नकआउट चरणमा प्रवेश गर्न यो खेल महत्वपूर्ण छ। इटालीलाई पराजित वा बराबरी गरेको खण्डमा वेल्स नकआउट चरणमा पुग्नेछ। इटालीसँग पराजित भएमा वेल्सको अर्को चरणको यात्रा स्वीजरल्याण्ड र टर्कीबीचको खेलले तय गर्नेछ।
वेल्सले २ खेलमा ४ अंक जोडेको छ। वेल्स समूहको दोस्रो स्थानमा छ। पहिलो खेलमा स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गरेको थियो। इटलीसँगको आजको खेल जितेमा वेल्सले समूहको शीर्ष स्थान कायम गर्ने छ।
Facebook Comment