स्विजरल्याण्डको सानदार जित, नकआउटको सम्भावना कायमै

डिसी नेपाल
७ असार २०७८ ०:००

काठमाडौं। युईएफए युरोकप फुटबलको समूहचरणको अन्तिम खेलमा स्विट्जरल्यान्डले टर्कीलाई पराजित गरेको छ।

आइतबार बाकुमा सम्पन्न खेलमा स्विजरल्याण्डले टर्कीलाई ३ – १ गोलअन्तरले पराजित गरेको हो।

Image

स्वीजरल्याण्डका लागि जद्रान साकिरीले दुई र हरिस सेभ्रोभिकले एक गोल गरे। टर्कीका इरफान केभाचीले एक गोल फर्काए ।

खेलको छैटौँ मिनेटमा नै हरिस सेभ्रोभिकले गोल गर्दै स्विजरल्याण्डलाई १ – ० को अग्रता दिलाएका थिए।  खेलको २६ औं मिनेटमा सकिरीले उत्कृष्ट गोल गर्दै स्विजरल्याण्डलाई गर्दै २ – ० को अग्रता दिलाए।

Image

टर्कीका इरफान केभाचीले ६२ औं मिनेटमा गोल गर्दै टर्कीलाई खेलमा फर्काउने प्रयास गरेका थिए।

Goal! Hakan Calhanoglu tees up Irfan Kahveci (Turkey) on the edge of the box and he fires the ball into the top left corner. 2:1.

तर, दोस्रो हाफको ६८ औं मिनेटमा साकिरीले व्यक्तिगत दोस्रो गोल गर्दै स्विजरल्याण्डलाई ३ – १ गोलको जित दिलाए।

स्विजरल्याण्डले आजको खेलमा जित हासिल गरे पनि अन्तिम १६ को यात्रा भने तय गर्न सकेन। अन्तिम १६ मा ६ वटा समूहबाट १२ टिम र प्रत्येक समूहमा तेस्रो नम्बरमा रहने मध्येबाट उत्कृष्ट ४ टिमले नकआउटको यात्रा तय गर्ने भएकोले स्विजरल्याण्डको झिनो आसा भने बाँकी नै छ।

स्विट्जरल्यान्ड जित निकाल्दै समूह ए मा ४ अंक जोडेको छ। समान ४ अंक जोडेको वेल्स गोलअन्तरका आधारमा नकआउट चरणमा पुगेको छ।
स्विट्जरल्यान्ड ३ खेलमा ४ अंककासाथ तेस्रो नम्बरमा छ।

समूहको पुछारमा रहेको टर्की भने अंकबिहीन हुँदै प्रतियोगिताबाट बाहिरीएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *