इन्जुरी समयको गोलले हारबाट जोगियो भेनेजुएला

डिसी नेपाल
७ असार २०७८ ६:३४

काठमाडौं। ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा भेनेजुएला र इक्वेडरले बराबरी खेल्दै अंक बाँडेका छन।

ओलम्पिक स्टेडियममा सोमबार बिहान भएको खेलमा भेनेजुएला र इक्वेडरले २ – २ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन।

प्रतिस्प्रधात्मक खेलमा भेनेजुएलाका लागि इडसन क्यास्टिलो, रोनाल्ड हेर्नान्डेजले समान एक एक गोले गरे। इक्वेडरका लागि एयरसन पेरसिडो र गोन्जालो पलाटाले समान एक एक गोल गरेका हुन।

Goal! Ayrton Preciado (Ecuador) fires the rebound low into the middle of the goal after the ball breaks to him in the box. The score is 0:1.

खेलमा सुरुवाती अग्रता भने इक्वेडरले लिएको थियो। पहिलो हाफको ३९ औं मिनेटमा एयरसन पेरसिडोले गोल गर्दै इक्वेडरलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको सुरुवाती समय ५१ औं मिनेटमा गोल गर्दै भेनेजुएलाका इडसन क्यास्टिलोले खेल १ – १ को बराबरीमा ल्याए।

It's a goal! Edson Castillo (Venezuela) does well to meet a cross inside the box and strikes a perfect header into the roof of the net.

खेलको ७१ औं मिनेटमा गोन्जालो पलाटाले गोल गर्दै इक्वेडरलाई २ – १ को अग्रता दिलाए।

Goal! Gonzalo Plata (Ecuador) fires the rebound into the bottom right corner after the ball breaks to him in the box. The score is 1:2.

खेलको इन्जुरी समय ९१ औं मिनेटमा रोनाल्ड हेर्नान्डेजले गोल गर्दै भेनेजुएलालाई हारबाट जोगाए।

यो बराबरीसँगै समूह ‘ए’ मा रहेको भेनेजुएलाले ३ खेलमा २ अंक जोडेको छ। र, समूहको तेस्रो स्थानमा रहेको छ।

दुई खेलमा एक अंक जोडेको इक्वेडर चौथो नम्बरमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *