इन्जुरी समयको गोलले हारबाट जोगियो भेनेजुएला
काठमाडौं। ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा भेनेजुएला र इक्वेडरले बराबरी खेल्दै अंक बाँडेका छन।
ओलम्पिक स्टेडियममा सोमबार बिहान भएको खेलमा भेनेजुएला र इक्वेडरले २ – २ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन।
प्रतिस्प्रधात्मक खेलमा भेनेजुएलाका लागि इडसन क्यास्टिलो, रोनाल्ड हेर्नान्डेजले समान एक एक गोले गरे। इक्वेडरका लागि एयरसन पेरसिडो र गोन्जालो पलाटाले समान एक एक गोल गरेका हुन।

खेलमा सुरुवाती अग्रता भने इक्वेडरले लिएको थियो। पहिलो हाफको ३९ औं मिनेटमा एयरसन पेरसिडोले गोल गर्दै इक्वेडरलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफको सुरुवाती समय ५१ औं मिनेटमा गोल गर्दै भेनेजुएलाका इडसन क्यास्टिलोले खेल १ – १ को बराबरीमा ल्याए।

खेलको ७१ औं मिनेटमा गोन्जालो पलाटाले गोल गर्दै इक्वेडरलाई २ – १ को अग्रता दिलाए।

खेलको इन्जुरी समय ९१ औं मिनेटमा रोनाल्ड हेर्नान्डेजले गोल गर्दै भेनेजुएलालाई हारबाट जोगाए।
यो बराबरीसँगै समूह ‘ए’ मा रहेको भेनेजुएलाले ३ खेलमा २ अंक जोडेको छ। र, समूहको तेस्रो स्थानमा रहेको छ।
दुई खेलमा एक अंक जोडेको इक्वेडर चौथो नम्बरमा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment