सर्पको खुट्टा सर्पलेमात्रै देख्छ

डिसी नेपाल
७ असार २०७८ ७:३९

देश,जनता,राष्ट्रिय सुरक्षा, बिदेशी हस्तक्षेप र चलखेल इत्यादि बिषयमा ज्यादै चिन्तित भएर र अहिले अचानक त्यसमा ध्यान गएर पाँच जना अति सुयोग्य पूर्व सरकार प्रधानहरुले विज्ञप्ति निकालेर साह्रै चिन्ता व्यक्त गरेछन् अनि यही विज्ञप्तिबाट अहिलेका सरकार प्रधानलाई कुर्सीबाट हटाउन जनताले साथ दिन्छन् भन्नेमा ढुक्क परेछन्।

कोही दुई भन्दा बढी पटकसम्म सरकार प्रधान भएर डकारेका र आफ्नो पालामा सबैखाले विदेशी हस्तक्षेपलाई सहर्ष सकारेका यति होनहार बफादार पूर्व सरकार प्रधानहरुको कथनलाई गम्भिरतापूर्वक लिने अनि यसैको आधारमा यिनैलाई समर्थन दिने विषयमा जनता लागिसकेका देखिन्छन्।

अप्ठ्यारो पर्दा उहाँहरुले कागले आफ्नो नाम काढेर कागकाग कराए जस्तो जनतासित कराउने, आफू सत्तामा पुगेपछि विदेशीसित बोल्न डराउने र सत्ताको स्वादमा मुख गाडेर हराउने अनि विदेशीले भेडा बाख्रा चराएजस्तो चराउने गरेको निकै लामो समयदेखि देख्दै आएका जनताले अहिलेको उहाँहरुको विज्ञप्ति ज्यादै सही र तथ्यमा आधारित हो भनेर बुझिदिएको सम्झेर दंग परेका छन् जस्तो छ।

उनीहरुको यो अनुमान ज्यादै सही पनि हो। साना ठूला, पढेका नपढेका, बुझेका,नबुझेका, गाउँका शहरका, विदेशमा रहेका र अझ भनौँ भने सबै किसिमका जनताले उहाँहरुलाई राम्रोसित चिनिसकेका हुनाले यति लामो विज्ञप्ति निकालेर आफ्नो र जनताको समय नष्ट गर्ने कष्ट गर्नै पर्ने थिएन।

जे भएपनि विज्ञप्ति चाहिँ राष्ट्रिय भावनाले ओतप्रोत भएकै मान्नपर्छ र यो विज्ञप्ति उहाँहरुको मनभित्रैबाट आएको हो भनेर पनि सबैले जान्नपर्छ। पूर्व वर्तमान सबै सरकार प्रधानहरुको भावना मेल खाएको र पूर्व भएपछि यस्ता बिषयहरु राम्ररी चाल पाएको देखेरपनि जनता दंग छन्।

अलिकति इतिहासमा जाने हो भने सुगौली सन्धिपछि बेलायती दूत स्थायी रुपमा यहाँ बस्न थालेदेखि नै विदेशी हस्तक्षेपले कस्न थालेको र सरकार प्रधानलाई आफैंले पालेको जस्तो व्यवहार गर्दै त्यही अनुसारको कदम चालेको सबैलाई थाहा छ।

राणा शासन त उतैको जी हजुरी र छत्रछायाँमा चलेको र फूले फलेको हो भन्दा फरक नपर्ला। दक्षिणमा अंग्रेजको शासन हटेपछि उतैको नयाँ शासकहरुको सहयोगमा राणा शासन हटेर प्रजातन्त्र आएको र उतैको निर्देशनमा आन्दोलनकारीहरुले बिभिन्न ओहोदा पाएको कुरा हाम्रा ससाना भुरालाई पनि थाहा हुनपर्छ।

छयालिस सालको परिवर्तनमा कुनकुन विदेशीको हात छ, त्यसबेला प्रत्यक्ष्य रुपमा कोको यहाँ आएर केके गरे, हाम्रा कसकसले सम्पूर्ण शक्ति लगाएर उताको भक्ति गरे र आफ्नो बुद्धि, विचार, देश संचालनको दृष्टिकोण, कार्य योजना आदिबाट भन्दा उतैको कृपाबाट उद्देश्य हासिल हुनेमा ढुक्क परे भन्नेपनि लगभग छर्लँग नै छ।

प्रजातन्त्र पुनर्बहाली पछि आफू कमाउ र आफ्नालाई कमाउने मौका दिलाएर रमाउ बाहेक अरु सोच कसैमा देखिएन। शिशु प्रजातन्त्रको नाम लिँदै र आफैंलाई मात्र महत्व दिँदै व्यवस्थाको नाममा अव्यवस्था मौलाउँदै गएको बहानालाई औंल्याउदै उतैको निर्देशनमा जनयुद्ध नामको महान धनयुद्ध सचालनको घोषणा भयो।

राष्ट्र निर्माताको सालिक भत्काएर विदेशी मालिक खुसी भएपछि केही चाहिँदैन भनेर कुम उचाल्दै उफ्रिएको जनताले सम्झिरहेका छन्। ठूलो भाग खान हतारिएको र धनयुद्धवालाहरुको पछिपछि लतारिएको सबैभन्दा पुरानो प्रजातान्त्रिक दलका मै हुँ भन्ने ठूलाठूला नेतापनि बाह्र बुँदेका मतियारहरुलाई खोज्दै र अलि शक्तिशाली विदेशी प्रभु रोज्दै दिल्लीका गल्लीगल्ली डुलेर भएपनि आफ्नो औकात भुलेर हिँड्दै उसले जहाँजहाँ देखायो त्यहाँ त्यहाँ आँखा चिम्लेर सहीछाप ठोकेर अनि बाह्र बुँदेको भारी बोकेर र बिदेशीको आडमा धनयुद्ध संचालन गर्नेलाई नै सर्वेसर्वा तोकेर शरणागत हुँदै फर्केको पनि देखिएकै हो कि जस्तो लाग्छ।

यसमा सत्र हजार सर्वसाधारणले ज्यान गुमाए, यसका संचालकहरुले अकुत कमाए र हिजो केही नभएकाहरु रातारात अरबौंपति भएर रमाए अनि कमाउनसम्म कमाइसकेपछि त्यसलाई पचाएर तह लगाउन राजनैतिक शक्ति आर्जन सहित बिसर्जनको बाटो समाए। आफू सुरक्षित रुपमा विदेशमा ज्वाइँ पाहुना सरह बसेर र यताका जनता मार्न कम्मर कसेर उताको इशारामा चलेको सबैलाई थाहा छ।

योजना उतैको, निर्देशन उतैको, लगानी उतैको, हतियार उतैको, गोलीगठ्ठा उतैको, तालिम उतैको, बिस्फोटक पदार्थ उतैको, सुरक्षा उतैको,उपचार उतैको,विध्वंस हत्या हिंसा लुटपाट असुली डकैती तस्करी र कुनै बिराम नभएका पीडित जनता यताको गरेर चलाएको धनयुद्धका मुख्य नाइकेले पनि विदेशी हस्तक्षेप भइरहेको र देश त्यो बाटोमा गइरहेको बारेमा चिन्ता प्रकट गर्नु ज्यादै रमाइलो घटना मध्येको एक हो।

विभिन्न परिस्थितीले धनयुद्ध चलाउन र साबिकको ब्यबस्था ढलाउन नसक्नुको साथै छिमेकीले उचालेको शिकारीबाट गतिलो शिकार नहुने अनि सपनाको काल्पनिक बयान र हत्या हिंसाले जनताको मन नछुने पक्का भएपछि उतैको इशारा अनुसार धक्का दिन बाह्र्र बुँदे सम्झौता भएको सबैलाई थाहा छ।

राष्ट्र निर्माताको सालिक भत्काएर विदेशी मालिक खुसी भएपछि केही चाहिँदैन भनेर कुम उचाल्दै उफ्रिएको जनताले सम्झिरहेका छन्। ठूलो भाग खान हतारिएको र धनयुद्धवालाहरुको पछिपछि लतारिएको सबैभन्दा पुरानो प्रजातान्त्रिक दलका मै हुँ भन्ने ठूलाठूला नेतापनि बाह्र बुँदेका मतियारहरुलाई खोज्दै र अलि शक्तिशाली विदेशी प्रभु रोज्दै दिल्लीका गल्लीगल्ली डुलेर भएपनि आफ्नो औकात भुलेर हिँड्दै उसले जहाँजहाँ देखायो त्यहाँ त्यहाँ आँखा चिम्लेर सहीछाप ठोकेर अनि बाह्र बुँदेको भारी बोकेर र बिदेशीको आडमा धनयुद्ध संचालन गर्नेलाई नै सर्वेसर्वा तोकेर शरणागत हुँदै फर्केको पनि देखिएकै हो कि जस्तो लाग्छ।

बिदेशीको बुई चढेर राट्र प्रधान हुने र लुटपाटको शिखर छुने एउटाको इच्छा धनयुद्धवालाले नै पूरा हुन दिएनन् अनि त्यहाँ आफैं पुग्ने धनयुद्धवालाको इच्छालाई जनताले भित्ते राष्ट्र प्रधानभन्दा बढी महत्वको रुपमा लिएनन्।

विदेशीहरुकै आड भरोसामा संचालित आन्दोलनपछि विदेशीकै निर्देशनमा गणतन्त्र, धर्म निरपेक्षता र संघीयता जबरजस्ती लादेर अनि उतैको अह्रन खटन अनुसारका बाक्यहरु छादेर केके न गरेझैं उर्लिएको र सो बापत डलरमा पाएको ज्यालामा कुर्लिएको खेतालाको सोच कति दूरदर्शी होला भन्ने सामान्य जनलेपनि बुझ्ने कुरा हो।

दुई दुईवटा संविधानसभामार्फत संविधान बनाउने सिलसिलामा जनताबाट पर्नसक्ने गाल टार्न र विदेशीबाट डलरमा माल झार्न मालिककै इच्छापूर्ति गर्ने खालका बुँदाहरु थपथाप गर्दागर्दा संसारकै उत्कृष्ट भनिएको संविधान त उँट मार्का पो बनेछ कि क्या हो कता के नमिलेको कता के नमिलेको। यसो हेर्दा सबै राम्रो देखिने खोतल्दै जाँदा र बुझेर लाँदा जसले जता जे अर्थ लगाएपनि हुने।

यो संविधान ठिक छैन भनेर सार्वजनिक स्थानमा जलाउन पनि हुने र त्यही संविधान अनुसार नियुक्ति लिएर उसैले सरकार चलाउन पनि हुने। यतिसम्मको छुट भएकोले संविधान देखाएरै जसले जति लुट गरेपनि कसैले कसैलाई केही लछार्न नसक्ने र संविधानको जुनस्तरको बिरोध गरेपनि पछार्न नसक्ने अचम्मको दस्तावेज बन्न पुगेको छ संविधान।

यो सबै विदेशी महाप्रभुको कृपाको अनुकम्पा बाहेक अरु केही पनि होइन भन्ने अहिले विज्ञप्ति निकाल्ने पाँच भलाद्मी सरकार प्रधानहरुलाई जानकारी नभएको बिषयपनि हुनसक्छ भने जाबो जनताको त के कुरा भयो र?

आफू सत्तामा हुँदा उतैको भक्ति गायन नगरे बेलैमा पत्ता उखेलिने डरले त्यहाँ पुग्नको लागि यहाँको दूतावासदेखि दिल्लीको निवाससम्म चाकडी गरेर यहाँको प्रतिष्पर्धामा बिक्न र त्यसमा लामो समयसम्म टिक्न अनि उताका मालिक रिझाउने नयाँ नयाँ तरिका झिक्नमा कोही भन्दा कोही कम छैनन् भनेपनि हुन्छ।

सत्तामा बलियो तरिकाले अढ्न र विरोधीहरुबाट भइरहेको बिरोधलाई चिरेर माथि चढ्न अहिलेकाले गरेका कामहरुको बिरोधमा विज्ञप्ति आउनु अनि पूर्व सरकार प्रधानहरुको चिन्ताबारे जनताले थाहा पाउनु राम्रो हो।

अहिलेकाले उतैको प्रभुलाई खुसी पार्न, आफूमाथिको समस्याको पारो झार्न र कुर्सी माथि आइपर्ने समस्यालाई टार्न भूत वर्तमान र भविष्य तिनै कालमा कुरा नमिल्ने मधेसवादी दलका अवसरवादीहरुलाई सरकारका महत्वपूर्ण मन्त्रालयहरु जिम्मा लगाएका छन्। सरकारमा भएपनि र नभएपनि दक्षिणको नाम जपेर कुर्सी धरापमा पारिदिन्छौँ भनेर सरकार प्रधानलाई तर्साउने अनि आफ्ना लागि लाज घिन शरम सबै बिर्सेर जसरी हुन्छ नगदको खोलो बर्साउने प्रमुख उद्देश्य रहेको देखिन्छ।

पहिले राष्ट्रवादका ठूलाठूला गुड्डी हाँक्ने सरकार प्रधानको राष्ट्रवादको मुकुण्डोलाई उनि आफैंले बिस्तार बिस्तार लात्ते भकुण्डो खेल्न थालेको र मुखले अहिलेपनि ठूला गफ छाँट्दै राष्ट्रवादलाई आँखा चिम्लेर फालेको जस्तो देखिएको हुनाले पूर्वहरुको वक्तव्यमा लेखिएको हुनसक्छ।

बहुचर्चित लिपुलेक लिम्पियाधुरा र कालापानीबारे अचेल उनको बोली सुन्नै छोडियो, त्यो पाठ्यपुस्तकमा राख्ने कार्य उनकै निर्देशनमा अन्तिम समयमा अन्तै मोडियो, अब छिटै नक्शामा भएको जमिन फिर्ता ल्याइन्छ भन्ने उद्घोष छोटो समयमै तोडियो र जस्को बिरोधमा कुर्लेर यत्रो भोट प्राप्त भयो भित्रभित्र उसैको सहयोगिको लिस्टमा नाम जोडियो।

पहिले राष्ट्रवादका ठूलाठूला गुड्डी हाँक्ने सरकार प्रधानको राष्ट्रवादको मुकुण्डोलाई उनि आफैंले बिस्तार बिस्तार लात्ते भकुण्डो खेल्न थालेको र मुखले अहिलेपनि ठूला गफ छाँट्दै राष्ट्रवादलाई आँखा चिम्लेर फालेको जस्तो देखिएको हुनाले पूर्वहरुको वक्तव्यमा लेखिएको हुनसक्छ।बहुचर्चित लिपुलेक लिम्पियाधुरा र कालापानीबारे अचेल उनको बोली सुन्नै छोडियो, त्यो पाठ्यपुस्तकमा राख्ने कार्य उनकै निर्देशनमा अन्तिम समयमा अन्तै मोडियो, अब छिटै नक्शामा भएको जमिन फिर्ता ल्याइन्छ भन्ने उद्घोष छोटो समयमै तोडियो र जस्को बिरोधमा कुर्लेर यत्रो भोट प्राप्त भयो भित्रभित्र उसैको सहयोगिको लिस्टमा नाम जोडियो।

निकै ठूलो भोल्यूममा सुनिँदै आएको राष्ट्रवादकोे स्वर रअका प्रमुख सामन्त गोयल आएर मध्यरातमा तीन चार घण्टा बालुवाटारमा तन्तर मन्तर गरेपछि स्वरमा ठूलो अन्तर देखियो भन्ने उपबुज्रुकहरुको भनाइ छ।

तपाइँ हामी जस्ता सर्वसाधारणलाई त थाहा हुने कुरै भएन। यो त उही पटक पटक बालुवाटारमा बसिसकेका र उहाँहरुको पालामा पनि यस्ता दूतहरु बेलाबेलामा त्यहाँ पसिसकेका बारेमा अनुभवीहरुलाई नै थाहा हुने बिषय पर्यो। त्यही भएरपनि यो विज्ञप्तिलाई आधिकारिक मान्न र सही हो भन्ने ठान्न पर्ने हुनाले यसलाई नचाहिँदो विवादमा तान्न हुँदैन।

संसदमा विचाराधीन विधेयकहरुलाई छल्दै र राष्ट्र प्रधानको अन्ध समर्थनको प्रतापमा अध्यादेशबाट चल्दै अनि विश्वसनीयताबाट ढल्दै र आफ्नै कर्तुतहरुबाट आफैं गल्दै आएका सरकार प्रधानले अचानक नागरिकता ऐन संशोधनको अध्यादेश ल्याएर सबैलाई चकित बनाए।

त्यसैगरी दक्षिणी छिमेकको विकासमा यहाँको चुरेलगायतका डाँडाकाँडा फोडेर सहयोग गर्ने विषयपनि उता हात जोडेर खुसी पार्नकै लागि हो भन्ने मुर्खहरुलाई के भन्न सकिन्छ र? सुरुमा चुरे त्यसपछि महाभारत अनि हिमाली क्षेत्रको तोडफोड गर्ने र दीर्घकालसम्म ब्यापार घाटा कम गरेर चर्ने ज्यादै राष्ट्रवादी योजनाको सबैले सराहना गर्छन् भन्ने सरकार प्रधानको उच्च बिचारसहितको राष्ट्रबादलाई नमन गर्न कसैलेपनि अमन नगर्दा उनको कुर्सी छिटो अरुको हातमा गमन हुँदैन भन्ने धारणालाई असल जनताको नाताले समर्थन र सहयोग पुर्याउनु जनताको कर्तब्य नै हो।

विज्ञप्तिवाला पूर्व सरकार प्रधानहरुको पनि आआफ्नै विशेषताहरु छन्। एकजना दक्षिणकै छत्रछायाँ र आशिर्बादमा सुरु भएको प्रजातान्त्रिक दलका सभापति हुनाले सधैंभरि उतैकालाई गुरु थापेर उतैको निर्देशन र गोप्य आदेशमा काम गर्न परिहाल्यो। अरु बामपन्थी र क्रान्तिकारीहरुको कुरै गर्न परेन।

आफू सुख शयलसाथ उता बसेर र उताकाको पाउमा चिल्लो घसेर यताका आफ्ना देशका दाजुभाइ दिदी बहिनीहरुलाई मार्ने अनि लुटपाट गरेर ठूलो राजनीतिज्ञ हौं भन्ने तर्क अघि सार्नेका कुरै गर्न परेन। यहाँको सुरक्षाको लागि दक्षिणका सेना ल्याउने आशयका भनाइ राख्नेहरुको कुरै भएन।

बालुवाटारको जग्गा मास्ने र विदेशीको अनुकूलमा बास्नेहरुको कुरै भएन। जेएनयूको भात खाएर पालिएका र उतैको गोटीको रुपमा उताका द्वारा यता चालिएकाको कुरै भएन। करोडौंको सर्प पाल्नेहरुको चालापनि उही हो। होली वाइन खाने खुवाउने र त्यसमार्फत आफन्तलाई रुवाउनेको कुरै भएन। त्यही भएर उहाँहरुको विज्ञप्ति साह्रै सही छ। सर्पको खुट्टा सर्पले मात्रै देख्ने हुनाले अरुले देख्न र यस बारेमा विज्ञप्ति लेख्न सक्ने कुरै आएन।

विज्ञप्तिवालाहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्बन्धमा बिरोधका कुरा गरेको अहिलेसम्म सुनिएको छैन। छिमेकबाटै आउने नव नागरिकहरुको हितलाई मध्यनजर राखेर ल्याइएको नागरिकता ऐन संशोधन अध्यादेशको बिरोध गरेको पनि सुनिएको छैन।

चुरे र महाभारतका पहाड फोरेर ढुँगा गिट्टी बालुवा आधिकारिक निकाशीको साथै माथिदेखि तलसम्मको मिलेमतोमा धेरैजसो चोरेर दक्षिणको द्रूत बिकासमा टेवा पुर्‍ याउँदै आफ्नो हितमा सेवा पुर्‍ याएर लामो समयसम्म मेवा खाने कामको बिरोध गर्नपनि खासै जरुरी भएन। छिमेकीले सीमा नदीहरुमा तटबन्ध बाँध नहर आदि बनाएर र यो आफ्नो मात्रै अधिकार हो भन्ने जनाएर आफ्नो पट्टी बाढी पहिरो डुवान इत्यादिले हरेक बर्ष दुख दिइरहेकोमा पनि उहाँहरुबाट बिरोधको जरुरी छैन।

हुनत अहिलेका सरकार प्रधानलाई जस्तै विज्ञप्तिवालाहरुलाई पनि समस्या उही हो। विदेशी प्रभुहरुको बिरोध गरेर उताकालाई चिढाउनुभन्दा यस्तै गैर जिम्मेवार र हाँस्यास्पद विज्ञप्ति निकालेर सोझा जनता भिडाउनु अनि उहाँहरुलाई उताबाट प्राप्त आदेश निर्देशन अनुसार देशलाई यस्तै अन्यौलको बाटोमा हिँडाउनु उहाँहरुको सबैको कर्तब्य भएको हुनाले यि सबै बिदेशी खेतालाहरुको काम एउटै हो।

आखिर हाम्रा पुर्खाहरुको अनुभवले बनाएको सर्पको खुट्टा सर्पले मात्रै देख्छ भन्ने उखान अहिलेको विज्ञप्तिको माध्यमबाट पुष्टि भएकाले यसमा कसैले तुष्टि राख्ने अबस्था देखिएन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *