कोपा अमेरिका : पेरुको पहिलो जित कोलम्बियाको पहिलो हार

डिसी नेपाल
७ असार २०७८ ८:३३

काठमाडौं। ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पेरुले कोलम्बियालाई पराजित गरेको छ।

स्टेडियो ओल्मिपयाकोमा सोमबार बिहान सम्पन्न खेलमा पेरुले कोलम्बियालाई २ – १ गोलअन्तरले पराजित गरेको हो।

पेरुका लागि सर्जियो पेनाले एक गोल गरे। एक गोल भने पेरुले उपहार पाएको थियो। कोल्मिबयाका यारी मिनाले गरे।

कोलम्बियाका मिगुल बोर्जाले एक गोल फर्काए।

Goal! Sergio Pena (Peru) fires the rebound into the middle of the goal after the ball breaks to him in the box. The score is 0:1.

खेलको १७ औं मिनेटमा सर्जियोले गोल गर्दै पेरुलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै मिगुल मिर्जाले कोलम्बियालाई १ – १ को बराबरीमा ल्याए।

Image

कोलम्बियाका यारी मिनाले ६४ औं मिनेटमा आत्मघाती गोल गर्न पुगे। सोही गोलको मद्तले पेरुले २ – १ को जित हात पार्यो।

Image

प्रतियोगितामा पेरुको यो पहिलो जित हो भने कोलम्बियाको पहिलो हार हो।

जितसँगै पेरु समूहको तेस्रो नम्बरमा उक्लिएको छ। पेरुले दुई खेलमा ३ अंक जोडेको छ।

पराजित कोलम्बिया समूहको दोस्रो स्थानमा छ। कोलम्बियाको तीन खेलमा ४ अंक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *