राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सीका लागि ५ सयभन्दा धेरै डिजाइनरको आवेदन

डिसी नेपाल
७ असार २०७८ ११:१४

काठमाडौं। नेपालको राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सीको डिजाइनका लागि खुला गरिएको ‘खुल्ला जर्सी डिजाइन प्रतियोगितामा’ ५ सयभन्दा धेरै डिजाइनरले आफ्नो डिजाइन पेश गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले यो सहभागिताको लागि सबैलाई धन्यवाद दिएको छ ।

संघले यी आवेदकले पेश गरेका डिजाइनमध्येबाट सबैभन्दा उपयुक्त जर्सी डिजाइन छनोट गर्नको लागि ४ सदस्यीय पुनरावलोकन तथा सर्टलिस्ट समिति गठन गरेको जनाएको छ ।

संघका अनुसार समितिमा संघका केन्द्रीय सदस्य छुम्बी लामा, महाप्रबन्धक रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र प्रायोजकका प्रतिनिधि छन् ।

यो समितिले बोर्डलाई सर्टलिस्टमा परेका डिजाइन उपलब्ध गराउनेछ र बोर्डले ती डिजाइनमध्येबाट उपयुक्त डिजाइन छान्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *